वि.सं. २०७७ असोज- १६,शुक्रवार,ई.सं.२०२० October – ०२ ,शक संवत्-१९४२,नेपाल संवत्-११४०,प्रमादी,दक्षिणायन,शरद,अधिक आश्विन कृष्णपक्ष तिथि-प्रतिपदा , २७:२४ बजे उप्रान्त द्वितीया,नक्षत्र-उत्तरभाद्रपदा , ०६:४० बजे उप्रान्त रेवती,योग-ध्रुव , २२:१५ बजे उप्रान्त, व्याघात,करण-वालव १४:२४ बजेदेखि कौलव , २७:२४ बजे उप्रान्त वणिज,चन्द्रराशि-मीन,आनन्दादि योग-ध्वज, सूर्योदय-०५:५७, सूर्यास्त-१७:४७ ,दिनमान-२९ घडी ३४ पला,पञ्चक। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
आत्मबल कम हुनाले बन्न लागेको काम बिग्रिनेछ,बिग्रन लागेका कतिपय सम्बन्धलाई भरथेग गर्न सहयोग गर्नेछ,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
अप्ठ्यारो परिस्थितिमा पनि आस मारेको काम बन्नाले उत्साह जाग्नेछ,मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ,आजको शुभ अंक ९ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
नगद सापटी लिएका साथीहरूले समयमै ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ,जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ,आजको शुभ अंक ७ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ,खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,आजको शुभ अंक ५ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ,लामो दूरीको यात्रा नगर्नुहोला, आजको शुभ अंक ३ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
पार्टनरसिपमा गरेको कार्य असफल हुने देखिन्छ,मित्रता गाँस्नेहरूले सताउन सक्छ,कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ,आजको शुभ अंक २ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,आवश्यक सामग्री किनमेल गर्दा विशेष सावधानी अपनाउनु होला,
आजको शुभ अंक ४ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
बौद्धिकस्तर ओजलमा पर्ने भएकोले निर्णय गर्दा अलि विचार गर्नुपर्ला,मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,पठन–पाठनमा प्रगति हुनेछ,आजको शुभ अंक १० रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,गोपनीयतामा ध्यान दिनुहोला,रोजगारीमा सफलता मिल्ने छ,समस्याहरू धेरै आउनेछन्,आजको शुभ अंक ६ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
शारीरिक मानसिक पिडा बढ्ने छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,आजको शुभ अंक २ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ,योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ,
आजको शुभ अंक ४ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
आर्थिक समस्या पर्ने छ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्,घरपरिवारमा खटपट हुन सक्छ,आजको शुभ अंक १ रहेको छ ।



