झापा। खैरो हिरोइन ब्राउनसुगरसहित ३ जना भारतीय नागरिक झापामा पक्राउ परेका छन् । झापा कचनकवल १ बगान एरिया र गौरीगंज गाँउपालिका २ दासचौरीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बगान एरियाबाट पक्राउ पर्नेमा भारत बिहार किशनगंज सुखानाडिगी पदमपुरका ३२ बर्षीय फरबेद आलम रहेका छन ।
उनलाई हिजो दिउँसो पौने ४ बजे विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । आलमलाई प्लाष्टिकमा उनले लुकाइ छिपाई राखेको १४ ग्राम ८९ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसै गरी गौरीगंजबाट पक्राउ पर्नेमा भारत किसनगंज सिंहमारी ग्रामपंचायतका २० बर्षीय मुजफर आलिग र २५ बर्षीय जहागिर आलम रहेका छन ।
उनिहरुलाइ दासचौरीमा खटिएको प्रहरी टोलीले हिजो राती सँवा १० बजे ८ ग्राम २०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना भारतीय नागरिक उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



