मोरङ । कोरोना भाइरस संक्रमणका कारण आज विहान मोरङमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको कानेपोखरी गाउँपालिकाका एक जना र सुन्दर हरैचा नगरपालिकाका एक जना छन् ।
मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजको आइसोलेसनमा उपचाररत उनीहरुको आज विहान मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले सवाल नेपाललाई जानकारी दिनुभयो ।
कानेपोखरी गाउँपालिका – ६ का ५० वर्षीय पुरुष र सुन्दरहरैंचा – ४ का ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । अस्पतालका जनसम्पर्क अधिकृत दाहालका अनुसार क्यान्सर रोगबाट पीडित कानेपोखरीका ति पुरुषलाई ज्वरो आएपछि सोमबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
उता रतुवामाईका ४५ वर्षीय पुरुषलाई ज्वरो, निमोनिया र टाइफाइड भएपछि असोज १३ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उपचार गर्दा गर्दै आज बिहान उनको मृत्यु भएको हो ।



