रसुवा, भूकम्पले विस्थापित बनेका रसुवाका विस्थापित परिवारले घर बनाउने पहिलो किस्ता नपाएको भन्दै पुर्नबासको माग राखी जिल्ला प्रशासन कार्यलय रसुवामा ज्ञापनपत्र बुझाएका छन् ।

२०७२ बैशाख १२ गतेको भूकम्पबाट हाकु र डाडागाउका ६ सय ३७ परिवारले सुरक्षित स्थानमा जग्गाको माग राख्दै जिल्ला प्रशासन कार्यलय मार्फत सरकार समक्ष माग गरेका हुन् । विस्थापित परिवार बस्दै आएको स्थानमा जग्गा धनीले जग्गा छोड्न भने पछि उनीहरु प्रशासन समक्ष पुगेको विस्थापित परिवारले जनाएका छन् । जिल्ला दैविक प्रक्रोप उद्धार समितीका संयोजक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीका अनुसार विस्थापित ठाउँमा प्राविधिक जाँच गरी त्यस स्थानमा बस्न अयोग्य भएमा सरकारको पुर्नवास अन्तरगत सरकारी तथा बनको सुरक्षित जग्गा मिलाएर विस्थापित परिवारहरुलाई पुर्नवासका लागी जग्गा वितरण गर्ने बताउनुभयो । विस्थापित परिवारहरु सदरमुकाम धुन्चे नजिकै त्रिशुली किनार, बोगटीटार, नौविसे, शान्तिबजार र कालिकास्थानमा बस्दै आएका छन् । दशै लागिसक्दा पनि अहिले उनीहरुमा खासै खुसी देखिएको छैन । के खाउ के लाउ झै भइरहेको बेलामा उनीहरुको पुर्नबास हुन नसक्दा दशै खल्लो बनेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah