काठमाडौं/ काठमाण्डौं उपत्यकामा लकडाउनलाई सहज बनाएसँगै कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । पछिल्ला केहिदिनयता काठमाण्डौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । यसले मानिसमा थप त्रास उत्पन्न भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११ सय १६, भक्तपुरमा १ सय ३० र ललितपुरमा १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



