केबि महरा/काठमाडौँ — कोरोना संक्रमणबाट २४ घण्टामा थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
मृत्यु हुनेहरुमा १ जना महिला र ९ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार ब्रीफिङ्ग्मा बताएका हुन् ।
कोरोना संक्रमणबाट मृत्यु हुनेमा महिलामा काठमाडौँकी ८७ वर्षीया, पुरुषहरूमा झापाका २९ वर्षीय र ५२ वर्षीय, सुनसरीका ४६ वर्षीय, ५२ वर्षीय र ६८ वर्षीय, काठमाडौँका ७१ वर्षीय, ललितपुरका ८४ वर्षीय, रुपन्देहीका ४७ वर्षीय र ८४ वर्षीय रहेका छन् ।
योसँगै अब नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।



