डोटीको जिल्ला सदरमुकाम सिलगढीस्थित वडा नम्बर ६ नाचन्थली क्षेत्र सिल गरिएको छ । वडाको समुदायमा कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको हो ।

दिपायलसिलगढी नगरपालिकामा शनिवार बसेको आकस्मिक बैठकले थप कोरोना जोखिम हुन नदिन नाचन्थली क्षेत्र सिल गरिएको नगर प्रमुख मञ्जु मलासीले जानकारी दिए । उनका अनुसार नगरपालिकाले तत्काल नाचन्थली मोडबाट कालिका मन्दिरसम्मको क्षेत्र सिल गरिएको हो ।

संक्रमित भएका व्यक्तिसँगको सम्पर्कमा आएका अन्य व्यक्तिको तथ्यांक संकलन गर्न कर्मचारी खटाइएकोे नगरपालिकाले जनाएको छ । वडामा रहेको कृषि विकास बैंकमा कार्यरत १ व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ ।

संक्रमित व्यक्तिलाई घरमा आइसोलेट गरिएको बैंकका प्रमुख दीर्घबहादुर शाहले जानकारी दिए । पछिल्लो समय समुदायमा समेत कोरोना देखिन थालेपछि सबै नागरिकलाई सावधानी अपनाउन नगरपालिकाले आग्रह गरेको छ । जिल्लामा हालसम्म १ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah