सप्तरी/ प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य अभिषेक यादवलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सप्तरीका प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिदै सम्पर्कमा रहेकाहरुलाई पीसीआर परीक्षण गर्न आग्रह समेत गर्नु भएको छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले पनि पुष्टि गरेका छन्। कोरोना संक्रमित यादवले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।



