धरान । धरान उपमहानगरपालिका वडा नम्बर १५ मा होम आइसोलेशनमा बसेका १ कोरोना संक्रमितको मृत्यु भएको छ । करीब ७० वर्षीय वृद्धको सोमबार बिहान घरमा नै मृत्यु भएको हो ।
उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार बेलायत जानका लागि एक साताअघि बिपी प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । छोराको मृत्यु संस्कारमा भाग लिन बेलायतबाट आएका वृद्ध रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेशनमा बसेका थिए ।
बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा भीड भएका कारण उनलाई घरमै राखिएको थियो । मृत्युपछि सेनाको टोलीबाट शव व्यवस्थापन गरिने भएको छ । धरानमा एक पत्रकारसहित ८२ जनामा सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।



