वि.सं.२०७७ असोज -२७,मंगलवार,ई.सं.२०२० Oct -१३,शक संवत्-१९४२,नेपाल संवत्-११४०,प्रमादी,दक्षिणायन,शरद,अधिक आश्विन कृष्णपक्ष तिथि-एकादशी , १०:०४ बजे उप्रान्त द्वादशी,नक्षत्र-मघा , २०:०४ बजे उप्रान्त पूर्वफाल्गुनी,योग-शुभ , १५:४८ बजे उप्रान्त शुक्ल, करण-वालव १०:०४ बजेदेखि कौलव , २१:१६ बजे उप्रान्त वणिज,चन्द्रराशि-सिंह,आनन्दादि योग-काल, सूर्योदय-०६:०३, सूर्यास्त-१७:३५, दिनमान-२८ घडी ४९ पला, व्रत/पर्व-परमा एकादशी व्रत।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ,सामानहरू छुट्ने/हराउने सम्भावना छ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ, आजको शुभ अंक ७ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,सानातिना कामको झमेला आउनसक्छ,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ, आजको शुभ अंक ९ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ, काम पूरा नहुनाले खिन्नता बढ्ला,आजको शुभ अंक ६ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – काम गर्दा अपमानित हुनुपर्ला,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला, आजको शुभ अंक ४ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,पौरख गरेर देखाउने समय छ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला, आफन्तको विश्वास पर्दा धोका हुनेछ,आजको शुभ अंक ५ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला ,तातो रिस गर्नाले काम बिग्रिनेछ,साँझदेखि भने आर्थिक रूपमा केही नोक्सानी हुन सक्छ, आजको शुभ अंक १० रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ, आजको शुभ अंक २ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– सचेत हुनुहाेला,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ, आजको शुभ अंक २ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ, आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ, आजको शुभ अंक ८ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ, प्रेम प्रशंग र व्यवसायमा प्रगती हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,धार्मिक कार्यमा समय बित्नेछ,कुरा काट्नेहरु तपाईको प्रशंशा गर्न थाल्नेछन, आजको शुभ अंक १ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला, आजको शुभ अंक ३ रहेको छ ।



