दमक। झापाको दमक नगरपालिकाका थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २० गते लिइएको स्वाबको पीसीआर परीक्षणको आज आएको आंसिक रिपार्टमा ३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा २ महिला र एक पुरुष छन् । संक्रमितहरु वडा नम्बर २ र ६ का २०,२७ र ३६ वर्षका छन् ।



