वि.सं.२०७७ कार्तिक- ०३, सोमवार,ई.सं.२०२० Oct – १९ ,शक संवत-१९४२,नेपाल संवत्-११४० कौलाथ्व,प्रमादी,दक्षिणायन,शरद,आश्विन शुक्लपक्ष तिथि तृतीया , १८:४८ बजे उप्रान्त चतुर्थी,नक्षत्र-विशाखा , ११:०७ बजे उप्रान्त अनुराधा,योग-आयुष्मान् , १९:०९ बजे उप्रान्त सौभाग्य,करण-तैतिल ०७:५६ बजेदेखि गर , १८:४८ बजे उप्रान्त वालव,चन्द्रराशि-वृश्चिक,आनन्दादि योग-मित्र, सूर्योदय-०६:०७, सूर्यास्त-१७:२९,दिनमान-२८ घडी २५ पला,शारदीय नवरात्र। सर्वार्थसिद्धि योग ११:०७ देखि २९:४४ बजेसम्म।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,मानसिक तनावले गर्दा पारिवारिक विवाद बढ्ने छ, चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ,आजको शुभ अंक १ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ, चुनौतीभित्र अवसर खोज्ने समय छ,आजको शुभ अंक ३ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – सचेत हुनुहाेला,काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्,साँझदेखि भने आर्थिक रूपमा केही नोक्सानी हुन सक्छ,आजको शुभ अंक २ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला,जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ, धार्मिक कार्यमा समय बित्नेछ,आजको शुभ अंक ६ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,बिबादिद काममा लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ, आजको शुभ अंक ४ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– तातो रिस गर्नाले काम बिग्रिनेछ,आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ,आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आजको शुभ अंक ७ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ,बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्नेछ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आजको शुभ अंक ५ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,आजको शुभ अंक १० रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्,समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ, कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,आजको शुभ अंक ९ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,उधोग क्षेत्रमा गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ,आजको शुभ अंक २ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ,धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्,काम पूरा नहुनाले खिन्नता बढ्ला, आजको शुभ अंक ४ रहेको छ ।



