सुनसरी/  कोरोना भाइरस संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । सुनसरी, रुपन्देही र दाङमा गरी ३ जनाको मृत्यु भएको हो ।
सुनसरीमा मृत्यु हुने धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पुरुष हुन् ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार इटहरी उपमहानगरपालिकाका ५६ वर्षीय ति पुरुषको गएराति उपचारका क्रममा मृत्यु भएको हो ।
उता बुटवल उपमहानगरपालिका–११ की ४१ वर्षीया महिलाको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि हिजो अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान निधन भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो । ती महिला मधुमेहको दीर्घरोगी थिइन् ।

त्यस्तै दाङको लमही नगरपालिका–५ मा होम आइसोलेसनमा बसेका एक ४३ वर्षीय पुरुषको आज बिहान घरमै मृत्यु भएको हो । उनी जन्डिसको बिरामी थिए । काठमाडौंमा जण्डिसको उपचार गराएर एक हप्ता अगाडि उनी लमही फर्किएका थिए ।

घर आइसकेपछि कोरोना परीक्षण गर्दा श्रीमान–श्रीमती दुवैमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै उनीहरु होम आइसोलेसनसुनसरीमामा बस्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय