काठमाडौं । कैलालीको अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत असई गोविन्द विक र जवान रामबहादुर साउदलाई ‘केराउ तस्कर’ले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । धनगढी उपमहानगरपालिका–१० स्थित गोविन्द र रामबहादुरको शव फेला परेको ठाउँ नजिकै छरिएको अवस्थामा केराउ भेटिएको छ ।

‘हत्यामा केराउ तस्करी गर्नेहरुको हात रहेको बुझिएको छ’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेशकुमार सिंहले रातोपाटीसँग भने–‘नेपालबाट केराउ लैजाने र भारतबाट किराना सामान र कपडा ल्याउने समूहले हत्या गरेको खुलेको छ, थप अनुसन्धान हुँदैछ ।’

हत्यामा संलग्न ७ जना अरोपीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्रेर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनगढी–१० का ३१ वर्षीय रोहित राना उर्फ पर्कु, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २५ वर्षीय राजकुमार राना उर्फ गब्बर, २२ वर्षीय राम निवास राना, २९ वर्षीय दलराम राना उर्फ टल्लु र २५ वर्षीय रामगोपाल राना छन् ।

कार्तिक १ मा साँझ मोटरसाईकल गस्ति गएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको शव धनगढी उपमहानगरपालिका–१० मा पर्ने मोहना नदीमा फेला परेको थियो । दुवैको घाँटीमा घरेलु हतियारको चोट देखिएको छ । प्रादेशिक अस्पताल धनगढीमा शव परीक्षण हुँदैछ ।

४ सय मिटर पर हत्या गरेर प्रहरीको शवलाई घिसार्दै तस्कर समूहले नदीमा फालेको जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । आधा दर्जनको संख्यामा रहेका केराउ तस्करसँग मुठभेट हुँदा घरेलु हतियार प्रयोग गरेर उनीहरुले प्रहरीको हत्या गरेका हुन् । तस्कर र प्रहरीबीच नेपाल भारत सिमानामा पर्ने मोहना नदी नजिकै घम्साघम्सि भएको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।

तेस्रो मुलुकबाट ल्याईने केराउ, मरिच र सुपारी भारत निर्यात गर्न पाईंदैन् । तर, भारतमा धेरै मूल्यमा बिक्री हुने भएकाले सिमाना कामा बर्षौदेखी लुकिछिपी त्यस्ता सामानको तस्करी हुने गरेको छ । रातो पाटी बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah