नवरात्रको सातौँ दिन । आज कालरात्रि देवीको पूजा गरिँदै । सप्तमी अर्थात् फूलपातीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीलाई कालरात्रि भनिन्छ । कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमा र अभयुर्मा लिएकी देवी कालरात्री हुन्, उनको कपाल झाँक्रो फिँजाए जस्तो देखिन्छ । घाँटीमा बिजुली सरह चम्किने माला छ । श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ । माता कालरात्रीको स्वरूप डरलाग्दो जस्तो देखिन्छ तर यिनी भक्तलाई शुभ फल दिने गर्दछिन् । यसैले यी देवीको एक नाम ‘शङ्करी’ पनि रहेको छ । देवी कालरात्रि दुर्जनहरूको उछितो गर्ने हुनुहुन्छ । यी देवीको स्मरण गर्नाले पनि दानव, दैत्य, राक्षस, भूतप्रेत भागेर जान्छन् भनिएको छ । देवीले कालरात्रिको रूप लिएर सबै असुर शक्तिमाथि विजय प्राप्त गरेको दिनका रूपमा यस दिनलाई लिइन्छ ।

माता कालरात्रिको आराधनाको समयमा भक्तलाई आफ्नो मनको भानु चक्र अर्थात् शिर मध्यस्थित गर्नुपर्छ । यो आराधानाको फलस्वरुप भानु चक्रको शक्ति जागृत भएर आउँछ । माता कालरात्रिको भक्तिले मनका हर प्रकारका भय नष्ट हुँदै जान्छन् भन्ने मान्यता छ । जीवनका हर समस्याको पलभरमा हल गर्ने शक्ति प्राप्त हुने तथा शत्रुको नाश गर्ने माता कालरात्रि आफ्ना भक्तलाई हर परिस्थितिमा विजय दिलाउँछिन् भन्ने विश्वास छ । सप्तमीको दिन माता कालरात्रिलाई गुडको वस्तुको भोग दिइन्छ । त्यसैगरी गरिबलाई दान पनि गरिन्छ । यसो गर्नाले दरिद्रता भाग्छ ।

कृत्यतत्वार्णमा नौ प्रकारका अर्थात फूलपातीको उल्लेख गरिएको छ । रम्भा अर्थात केरा, कच्ची अर्थात कचूर, हलेदो, जयन्ती, बिल्व अर्थात बेल, दाडिम अर्थात् अनार, अशोक अर्थात अशोकको वृक्ष, मानवृक्ष अर्थात अमलताश अथवा मानेकर्कलो, धान्य अर्थात् धान यी नौ पत्रिका मानिएका छन् । यस दिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।

सप्तमी पूजा ।

प्रतिपदामा गरिएको सङ्कल्प अनुसार फलश्रुतिको कीर्तन गरेपछि– अद्य सम्तम्यां नवपत्रिकामृन्मय दुर्गापूजा बलिदानानी करिष्य भन्ने सङ्कल्प गरी पहिले निमन्त्रित गरिएको बेलवृक्षको फेदमा गएर दुर्गा र बेलवृक्षको पूजा गर्नुपर्दछ । त्यसपछि प्रार्थना गर्नुपर्छ ।

प्राथना ः

ॐ महिषध्नि महामाये चामुण्डे मुण्डमालिनी ।

आयुरारोग्यमैश्वर्य देहि देवि नमोऽस्तुते ।।

कुङ्कुमेन समालब्धे चन्दनेन विलेपिते ।

बिल्वपन्नकृतापीडे दुर्गेऽहं शरणं गतः ।।

रुपं देहि यहो देहि भगं भगवति देहि मे ।

पुत्रान्देही धनं देहि सर्वान्कामांच्च देहि मै ।।

सर्वमाङ्गलमाङ्गल्ये इति च साम्प्राथ्र्य पत्रिकाः पूजयेत ।

दुर्गा स्तुति ः

दुर्गा शिवां शान्तिकारीं ब्रहाणीं म्रहणः प्रियाम् ।

सर्वलोकप्रणेत्रीं च प्रणमासि सदाशिवाम् ।

मंङ्गलां शोभनां शुद्धां निष्कलां परमां कलाम ।

विश्वेश्वरीं विश्वमाता चण्डिकां प्रणमाम्यमह ।।

उत्त विधिद्वारा नवपत्रिकाहरुमा विभिन्न पूजा गरेपछि स्तुति गर्नुपर्छ । दुर्गा स्तुति यस प्रकार रहेकोछ– म दुर्गा, शिवा, शान्तिकरी, ब्रह्णप्रिय, सर्वलोकप्रणेतु शिवालाई प्रणाम गर्दछु । म मङ्गला, शोभना, शुद्धा, निष्कला, परमा, कला, विश्वेश्वरी, विश्वमाता, भगवती चण्डिकालाई प्रणाम गर्दछु । म सर्वदेवमयी अर्थात बसै देवताका तजबाट प्रकाशित भएकी, सबै किसिमका आधि–व्याधिको नाश गर्नुहुने, ब्रह्माविष्णुशिववन्दिता अर्थात ब्रह्मा, विष्णु र शिवबाट प्रणाम गरिएकी उमा भगवतीलाई प्रणाम गर्दछु । विन्ध्याचलमा विराजमान भएकी विन्ध्यपर्वतमा घर बनाई स्थिर रूपमा रहनु हुने, दिव्य समाजमा रहनु हुने, दिव्य समाजमा निवास गर्न मन पराउनु हुने, भक्तहरुलाई संसार सागरबाट तार्नु हुने भगवती दुर्गाको नित्य वन्दना गर्दछु ।

यसरी जसले यस स्तुतिको पाठ गर्दछ वा श्रवण गर्दछ । त्यो भक्त सबै पापबाट मुक्त भई दुर्गा भगवतीको समीपमा बस्न पाई रमाउँछ भनेर शास्त्रको वचन रहेको छ ।

यस विशेष सातौँ दिन दुर्गाको सातौँ स्वरूप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौवटा ससाना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित गरी नैवेध, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

कालरात्रिको मन्त्र ।

ॐ जयंती मङ्गला काली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तु ते ।।

जय त्वं देवी चामुण्डे जय भूतार्तिहारिणि ।

जय सर्वगते देवी कालरात्रि नमोस्तु ते ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah