अमेरिकी राष्ट्रपति निर्वाचनका लागिको अन्तिम बहस कार्यक्रम सकिएको छ । ह्वाइट हाउसको कुर्सीमाथि आगामी चार वर्षका लागि कसले कब्जा जमाउने भन्ने निश्चित हुन ११ दिन मात्र बाँकी छँदा राष्ट्रपति पदका दुई उम्मेदवारले गरमागरम बहस गरेका छन् । वर्तमान राष्ट्रपति एवं रिपब्लिकन प्रत्याशी डोनाल्ड ट्रम्प र उहाँका डेमोक्रेट प्रतिष्पर्धी जो बाइडेनबीच अमेरिकी समय अनुसार बिहीबार साँझ गरिएको तेस्रो एवं अन्तिम टिभी बहसमा मतदातालाई आफ्नो पक्षमा पार्न अनेकन तर्क अगाडी सार्नुभयो ।

नाशभिल, टेनिसीमा गरिएको बहसमा दुबै नेताले कोरोना महामारी, चीन, ईरान, रुसलगायतका मुद्दामाथि आ-आफ्नो तर्क अब्बल र विपक्षीलाई कमजोर देखाउन भगिरथ प्रयत्न गरे । बहसमा जो बाइडेनले कोभिड-१९ को महामारीबाट सृजित समस्या समाधान गर्न ट्रम्प प्रशासन असफल रहेको आरोप लगाउनुभयो ।

ट्रम्प र बाइडेनले गरे गरमागरम बहस, चुनावी सर्भेक्षणमा बाइडेनको अग्रता

आफ्नो बचाउ गर्दै ट्रम्पले यो विश्वव्यापी समस्या रहेको भन्दै भन्नुभयो, ‘देशमा कोरोना भाइरसको छाल आउने क्रम अब सकिएको छ । बाँकी स्थानमा पनि अब चाँडै सकिने छ । केही हप्तामै यसको खोप पनि हामीसँग हुनेछ । हाम्रो सेनाले आम नागरिकसम्म यसलाई पुर्‍याउने छन् ।’

आफै पनि कोभिड–१९ बाट संक्रमित भई निको भएकाले अब यो चाँडै नै नियन्त्रणमा आउने उहाँको भनाइ थियो । अब योसँगै जीवन जिउनुको अरु विकल्प नरहेको भन्दै ट्रम्पले जो बाइडेनले जस्तो आफूलाई बेसमेन्टमा बन्द गरेर बस्न नसक्ने जवाफ दिनुभयो ।

बाइडेनले कुनै ढंगबाट धेरै पैसा बनाएको भन्दै उहाँले त्यही पैसाले बाइडेन त कोठामा बन्द रहेरै पनि बाँच्न सक्लान् तर पूरै देशलाई बन्द गर्न नसकिने र यो राष्ट्रहितका पक्षमा पनि नहुन उहाँको व्यंग्य थियो ।

ट्रम्प र बाइडेनले गरे गरमागरम बहस, चुनावी सर्भेक्षणमा बाइडेनको अग्रता

ट्रम्पलाई जवाफ दिँदै बाइडेनले ट्रम्प प्रशासनले कोरोनासँग जिउन होइन मर्न सिकाइरहेको र कुनै जिम्मेवारी नलिएकामा आपत्ति जनाउनुभयो । देशमा आज दुई लाख २० हजार मानिस मारिएका छन्, तिनको जिम्मेवारी राष्ट्रपतिले लिनुपर्दैन ? बाइडेनको प्रश्न थियो ।

बाइडेनको भनाइ थियो, ‘यस वर्षको अन्त्यसम्ममा अमेरिकामा दुई लाख अरु मृत्यु हुने अनुमान छ । यदि हामीले मास्क मात्रै लगायौं भने पनि करिब एक लाख मानिसको जीवन बचाउन सक्छौं । तर हाम्रा राष्ट्रपतिसँग यसका लागि कुनै व्यापक योजना नै छैन ।’

टेनेसीमा आयोजित बिहीबारे बहस भने २९ सेप्टेम्बरको तुलनामा निकै नै संयमित देखिन्थ्यो ।

एकले अर्कोलाई कमजोर देखाउने होडमा ट्रम्पले सन् १९९४ मा बाइडेनले ल्याएको अपराधसम्बन्धि कानुनका कारण अमेरिकामा ठूलो संख्यामा अफ्रिकी अमेरिकीको विनाश गरेको आरोप लगाउँदा बाइडेनले भन्नुभयो, ‘आधुनिक इतिहासमा सबैभन्दा धेरै नश्लवादी राष्ट्रपति नै ट्रम्प हुन् ।’

चीनबाट कोरोना भाइरस संसारभर सरेको, व्यापार र आर्थिक पक्षका प्रसंगमा बाइडेनले चीनका सन्दर्भमा अन्तर्राष्ट्रिय नियम अनुसार चल्ने प्रष्ट गर्नुभयो ।

ट्रम्प र बाइडेनले गरे गरमागरम बहस, चुनावी सर्भेक्षणमा बाइडेनको अग्रता

ट्रम्पले भने चीनले अमेरिकी किसानको लाखौं डलरमा खेलवाड गरिरहेकाले उसले यो भुक्तान गर्नैपर्ने बताउनुभयो । चीनको इस्पातमा लगाएको करकै कारण अमेरिकी इस्पात उद्योग बचाइएको ट्रम्पको तर्कलाई भने बाइडेनले बकवासको संज्ञा दिनुभयो ।

बाइडेनले उत्तर कोरिया, चीन र रूसी नेताहरुलाई ‘ठग’ को संज्ञा दिँदै तिनीहरुसँग ट्रम्पले घाँटी जोडिरहेको आरोप लगाउनुभयो । अफगानिस्तानमा अमेरिकी सेनाको भूमिका बढाउनुपर्ने पक्षमा पनि बाइडेनले तर्क राख्नुभयो ।

मतदानको ११ दिन बाँकी रहँदा बाइडेन १२ प्रतिशतले ट्रम्पभन्दा अगाडी रहेको सर्भेक्षणहरुले देखाएका छन् । खासगरी संघर्ष मैदानका रुपमा रहेका अस्थीर राज्यहरुमा कस्ले पकड राख्छ भन्ने विषयले दुई नेताको भाग्य तय गर्नेछ ।

सन् २०१६ को निर्वाचनमा ट्रम्पको पक्षमा देखिएका राज्यहरुमा बाइडेनको पकड देखिएको मतदान अघिका सर्भेक्षण नतिजाहरुमा देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah