स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १७ सय ४१ कोरोना संक्रमित थपिएको जनाएको छ ।
दशैंको दिन साढे ६ बजे तथ्यांक सार्वजनिक गर्दै मन्त्रालयले ५ हजार ६ पीसीआर परीक्षणमा १७ सय ४१ जनामा संक्रमित भेटिएको जनाएको हो ।
यससँगै सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय ९३ पुगेको छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ हजार ५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको जानकारी दिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १५ रहेको छ । हालसम्म ८ सय २६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।
नयाँ थपिएका संक्रमितमध्ये काठमाडौँ जिल्लामा ६ सय ७३, भक्तपुरमा ७६ र ललितपुरमा १ सय ४६ रहेका छन् ।



