काठमान्डाैं / दशैँ टिकाको भोली पल्ट आज देशभर पापांकुशा एकादशी मनाइँदै छ । यो एकादशीको आफ्नै विशेष महत्व छ । आजको दिन बिहानै उठेर नुहाइ(धुवाइ चोखो कपडा लगाएर व्रत सुरु गर्ने गरिन्छ । पूजापाठ र मन्दिर दर्शनपछि एकादशी महिमा सुन्ने चलन पनि छ । आजको एकादशीमा व्रत बस्नाले मामाघर तर्फबाट दश पुस्ता, पितृकुल तर्फबाट दश पुस्ता र श्रीमती या श्रीमानको कुलतर्फबाट दश पुस्ता पितृहरुले बैकुण्ठ प्राप्त गर्ने शास्त्रीय मान्यता तथा जनविश्वास छ ।

दशैँमा काटमार गरिने र त्यसकै सेरोफेरोमा पर्ने हुनाले बोलीचालीको भाषामा मानिसहरुले पापकुंशा एकादशीलाई ‘गिद्दे एकादशी’ पनि भन्ने गर्दछन् । आज सुन, तिल, जौ, अन्न, भूमी, छाता र जुत्ता दान गर्नाले मृत्युपछि स्वर्गलोक प्राप्त हुने विश्वास रहिआएको छ ।

आज एकादशी, टीका जमरा ग्रहण गरिदै
आज एकादशी । दशमीको दिन टीका थाप्न नभ्याएकाले आज पनि टिका लगाउँदै छन्। कोजाग्रत पूर्णिमाको फुलपाती नसेलाउन्जेलसम्म टीका लगाउने चलन छ।

यस दिन पनि घरघरमा टीका थाप्न जानेहरुको विशेष चहलपहल रहन्छ। देशका कतिपय स्थानमा भने विजयादशमीको दिन मात्रै टिका थाप्‍ने चलन छ। हिन्दु तिथीको ११ औँ दिनलाई एकादशी भनिन्छ। आजको दिन ब्रत वस्ने, फलफूल खाने अनि एकादशी महात्मयको कथा सुन्ने चलन छ। दुर्गा भवानीको अर्चना गरिएको नवरात्रि पछि यो एकादशीको नाम अनुसार पाप गर्नेहरुलाई नाश गर्ने एकादशीका रुपमा प्रख्यात छ।

यो एकादशीलाई हरेक दृष्टिकोणले एउटा अदभुत र अलौकिक फल प्राप्त हुने एकादशीका रुपमा हिन्दुधधर्मावम्वीहरुले लिने गर्दछन्। बिहानै उठेर नुहाइधुवाई चोखो कपडा लगाएर व्रतको प्रारम्भ गरिन्छ, पूजापाठ अनि मन्दिरदर्शन पश्चात यस एकादशीको एकादशी महिमा सुन्ने चलन रहेको छ।

एकादशीमा वर्त वस्नाले मामाघर तर्फवाट दश पुस्ता, पितृकुल तर्फवाट दश पुस्ता र श्रीमती या श्रीमानको कुलतर्फवाट दश पुस्ता पितृहरुले वैकुन्ठ प्राप्त गर्ने जनविश्वास रहेको छ। आजको दिन सुन, तिल, जौ, अन्न, भुमी, छाता अनि जुत्ता दान गर्नाले मनुष्यलाई मृत्यूपर्यन्त स्वर्गलोक प्राप्त हुने जनविश्वास रहेको छ। आजको दिन सहयोगी भएर, अरुको मुहारमा हाँसो ल्याउन सक्ने काम गरेर बिताएमा राम्रो हुने धार्मिक विश्वास छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah