मुम्बई – अभिनेत्री किम कार्दशियनले हालै आफ्नो ४० औँ जन्मदिन मनाएकी छन् । उनले जन्मदिन निकै नजिकका साथी तथा आफन्सँग सेलिब्रेसन गरेकी हुन् । यो क्रममा उनको लुक्स समेत नयाँ देखिएको छ । जुन तस्बिर इन्टरनेटमा भाइरल भइरहेका छन् ।
लुक्सको कुरागर्ने हो भने बर्थडेका लागि उनले मेटेलिक गोल्ड ड्रेस रोजेकी छन् । छोटो तथा डीप नेक ड्रेसमा उनी निकै बोल्ड देखिएकी छन् ।
डीप नेक ड्रेसले उनको क्लीवेज समेत झल्काएको छ । ड्रेसका साथ मिल्ने खालको उनले हिल्स समेत लगाएकी छिन् । मिनिमल मेकअप र ओपन हेयर्समा उनले आफ्नो लुक पुरा गरेकी छन् । किम यो अलओभर लुक्समा गर्जियस समेत लागेकी छन् । बर्थडे सेलिबेसनमा उनले निकै इन्जोय समेत गरेकी थिइन् ।
किम पछिल्लो समय फिल्म ‘ओसिन् ८’ मा देखिएकी थिइन् । उनले यो फिल्ममा निर्बाह गरेको भुमिका दर्शकले मन पराएका थिए ।




