पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १३ हजार ४४६ जनाको आरटी–पीसीआर परीक्षण गर्दा १ हजार ७५७ पुरुष र १ हजार १७६ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
कोरोनाले थप २४ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९८४ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाको मृत्युदर ०.६% रहेको छ ।
हालसम्म १ लाख ७६ हजार ५०० जनामा संक्रमण देखिएकोमा १ लाख ३७ हजार ९९२ जना निको भइसकेका मन्त्रालयले जनाएको छ । देशभर हाल ३७ हजार ५२४ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ३ हजार १५० जना डिस्चार्ज भएका जनाइएको छ ।
राजधानी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६३० संक्रमित थपिएका छन् । जसमध्ये ७०२ महिला र ९२८ पुरुष रहेका छन् ।



