काठमाडौं/ कोरोना भाइरस कोभिड–१९ शरिरमा छ कि छैन भनेर गरिने परीक्षण पीसीआर टेष्टको शुल्कका विषयमा नेपालमा बहस चलिरहेको छ । सरकारले यो टेष्ट सामान्य नभएर विशेषज्ञ जनशक्तिबाट गराउनुपर्ने भएकाले शुल्क लिनुपरेको बताएको छ ।

सरकारले हाल देशभरी पीसीआर टेष्ट शुल्क २ हजार रुपैयाँ तोकेको छ । विगतमा पाँच हजार पाँच सय तोकेको शुल्क अहिले घटाएर २ हजारमा ल्याएको हो । यहा हामीले विश्वका कुन देशमा कति शुल्कमा पीसीआर टेष्ट भईरहेको छ भनेर जानकारी लिएर आएका छौं । दक्षिणी छिमेकी मुलुक भारतको कुरा गर्ने हो भने त्यहा विभिन्न राज्यअनुसार शुल्क पनि फरक फरक भेटिएको छ ।

उत्तरप्रदेशमा १६०० भारु, दिल्लीमा २४०० भारु, पश्चिम बंगालमा २२५० भारु, केरेलामा २७०० भारु लिएर पीसीआर टेष्ट भईरहेको छ । छिमेकी मुलुकपछि अमेरिकामा भने निक्कै महंगो शुल्क लिएको पाइएको छ । अमेरिकामा प्रति पीसीआर एक सय डलर तोकिएको छ । त्यसैगरी पछिल्लो समय फेरी कोरोना संक्रमण बढिरहेको युरोपेली मुलुकमा २५ देखी १८० युरोसम्म लिएको देखिन्छ । स्पेनमा १००–१८० युरो, इटालीमा २५–५५ युरो, हंगेरीमा ९०–१०० युरो लिएर परीक्षण गरिरहेको छ ।

कोभिड–१९ पछि अन्तराष्ट्रिय उडान खुलेपछि विमानस्थलमै पनि पीसीआर टेष्ट हुन थालेका छन् । त्यसका लागि पनि विमानस्थलले आफुअनुसार शुल्क तोकेका छन् । जर्मनीको फ्रैंकफर्ट एयरपोर्ट टेष्ट सेन्टरमा ६–८ घण्टाभित्र परीक्षणको नतिजा प्राप्तीका लागि ५९ युरो र तीन घण्टाभित्र नतिजा प्राप्तीका लागि १३९ युरो तोकेको छ । केफ्लाविक इन्टरनेश्नल एयरपोर्ट आइसल्याण्डमा ६०–७० युरो, मस्कोको शेरेमेत्येभो इन्टरनेशलन एयरपोर्टमा ३२.५५ युरो लिने गरेको छ ।

कतिपय देशले स्वास्थ्य बिमाबाट यो रकम लिएको पनि देखिएको छ । व्यक्तिले आम्दानी गरेकोबाट वर्षमा निश्चित प्रतिशत रकम सरकारी कोषमा जम्मा गरेका देशले यस्तो बीमाबाट रकम खर्च गरेका छन् । भारतमा आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना (स्वास्थ्य बीमा) अन्तर्गत परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । श्रीलंका, बंगलादेश, पाकिस्तान र दक्षिण अफ्रीकामा सरकारी अस्पतालहरुमा निःशुल्क परीक्षण तथा उपचारको व्यवस्था र निजी अस्पतालहरुमा व्यक्ति स्वयमले तिर्ने वा बीमाबाट तिर्ने प्रावधान रहेको छ ।

फिलिपिन्समा (फिलिहेल्थ बीमा), थाइल्याण्ड र माल्दिभ्समा स्वास्थ्य बीमा अन्तर्गत परीक्षण र उपचार निःशुल्क उपलब्ध गराइएको छ । त्यसैगरी इण्डोनेसियामा राष्ट्रिय आपतकालीन प्याकेज बनाई कोभिड सम्बन्धी खर्च गरिरहेका छन् । टिमोरलिष्टेमा पेट्रोलियम कोषबाट कोभिड–१९ को स्वास्थ्य सेवाका लागि रकम हस्तान्तरण गरिएको छ ।जनताटाईम्सबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah