दमक। झापाको दमक स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीका शिविर प्रमुख सुरेन्द्रराज दाहाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज आएको पीसीआर परीक्षणको रिपोर्टमा उहाँमा कोरोना संक्रमण पुष्टि भएको दाहालले सवाल नेपाललाई जानकारी दिनुभयो । उहाँका अनुसार दाहालमा सामान्य लक्षण देखिएको थियो ।

केहि दिनअघि उहाँमा गन्ध तथा स्वाद थाहा नपाउने समस्या रहेको दाहालले जानकारी दिनुभयो । सोहि लक्षण देखिएकाले आज स्वाब परीक्षण गरेको र रिपोर्ट पोजेटिभ देखिएको उहाँले जानकारी दिनुभयो ।

शुक्रबार भुटानी शरणार्थी शिविरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि दाहालकै अध्यक्षतामा बसेको बैठकले शनिबारदेखि मंसिर २ गते सम्मका लागि निषेधाज्ञा समेत जारी गरेको थियो । दाहाल इलाका प्रशासन कार्यालय उर्लाबारी मंगलबारेमा कार्यरत समेत रहेका छन् । दाहाल अहिले होम आइसोलेसनमा बस्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय