सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको पार्टी सचिवालय बैठक भाेलि अपरान्ह ४ बजे बस्ने भएको छ। पार्टी महासचिव विष्णु पौडेलले दुई अध्यक्षसँगको परामर्शमा भाेलि ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय गरेको नेकपाकाे विदेश विभागका उपप्रमुख विष्णु रिजालले बताउनु भयो ।
पछिल्लो क्रममा प्रचण्ड र नेपाल पक्षले प्रधानमन्त्रीलाई दुई पद मध्ये एक त्याग्न भन्दै आएका छन् । ओलीले भने त्यसको वेवास्ता गर्दै आएका छन् ।



