एजेन्सी – बलिउड अभिनेत्रीहरुका लागूपदार्थसँगको सम्बन्धको विषयमा खुलासा हुन थालेको छ । एनसीबीले लागूपदार्थको विषयमा रिया चक्रवर्तीलाई पक्राउ गरेर सोधपुछ गरेको छ । यससँगै रियाले बलिउडका २५ सेलिब्रेटीहरुलाई समेत यस काण्डमा मुछेकी छिन् । यसमा सारा अली खान, रकुल प्रीत सिंह, सिमोन खंबाटाका साथै दीपिका पादुकोणको नाम पनि तानिएको छ ।

दीपिका पादुकोण यो मात्र होइन यसअघि पनि विभिन्न विवादमा फसिसकेकी छिन् ।

सुशान्त सिंह राजपूतकी म्यानेजर जया साहाको एक च्याटमा ‘डी’ र ‘के’ नाम उल्लेख भएको छ । एनसीबी सुत्रका अनुसार ‘डी’ को मतलब दीपिका पादुकोण र ‘के’ को मतलब करिश्मा हो । दीपिकाले उक्त च्याटमा जयासँग ‘ह्याश’ (उच्च कोटीको लागूपदार्थ) मगाएकी छिन् ।

यसअघि पनि ‘छपाक’ फिल्म रिलीज भएको समयमा उनी जवाहर लाल नेहरु विश्वविद्यालयमा आन्दोलनरत छात्राहरुसँग देखिइन् । जुन कुरालाई फिल्म प्रमोशनसँग जोडियो । विरोध गरिरहेका छात्राहरुसँग एकसाथ देखिएकी दीपिकालाई बीजेपीका नेता तजेन्द्रपाल बग्गासहित थुप्रै संगठनले दीपिकाको विरोध गर्दै उनको फिल्म बहिस्कारको आन्दोलन नै चलाए ।

यस्तै, सन् २०१७ मा रिलीज भएको फिल्म ‘पद्मावत’ को रिलीज हुनुभन्दा अगाडि देशमा फिल्मविरुद्ध धेरै विरोध प्रदर्शन भयो । करणी सेनाले फिल्मको नामले इतिहासलाई तोडमोड गरेको भन्दै विरोध गरेको थियो । गुजरातमा कांग्रेसका सहयोगी हार्दिक पटेल र अल्पेश ठाकोरले फिल्मको खुलेर विरोध गरे । केही सिनेमाघर समेत तोडफोड गरियो ।

सन् २०१५ मा रिलीज भएको फिल्म ‘बाजीराव–मस्तानी’ पनि निकै विवादित बन्यो । दीपिका पादुकोण, प्रियंका चोपडा र रणवीर सिंहको मुख्य भूमिका रहेको यो फिल्मले रानी मस्तानीको बंशजको बारेमा इतिहासलाई तोडमोड गरेको आरोप लागेको थियो । ऐतिहासिक तथ्यसँगै फिल्ममा मस्तानीलाई पूरै सभाको अगाडि नाचेको कुरालाई लिएर विरोध भयो ।

दीपिकाको अर्को फिल्म पनि उत्तिकै विवादमा फसेको थियो । उक्त फिल्म सन् २०१५ मा रिलीज भएको ‘तमाशा’ हो । उक्त फिल्मको दौरान पनि निकै विवादमा आएकी दीपिकाले आफूलाई डिप्रेशन भएको खुलासा गरिन् । त्यसपछि उनले ‘लिभ लभ लाफ’ नाम संस्था खोलिन् ।

उनको सन् २०१३ मा रिलीज भएको फिल्म ‘गोलियों की रास लीला–रामलीला’ पनि विवादित भयो । यो फिल्मको पनि नामलाई लिएर निकै विवाद भएको थियो ।

उनी २०१४ मा पनि निकै विवादित भइन् । उनले एउटा चर्चित वेभसाइटले दीपिकाको भिडियो शेयर गरेको थियो । उनले उक्त भिडियो स्त्रिन सट लिएर ट्विट गरेकी थिइन्, ‘के देशको प्रमुख अखबारलाई यही हो समाचार ?’ उनी यति मात्र कुराले शान्त भइनन् उनले अगाडि लेखेकी थिइन्, ‘हो म एक महिला हुँ । मसँग स्तन र पुठ्ठा छ, योसँग तपाईंलाई के मतलब ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah