झापा । बिर्तामोड नगरपालिकाका मेयर धुव्रकुमार सिवाकोटीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै उनी होमआइसोलेशनमा बस्दै आएका थिए । मेची प्रादेशिक अस्पताल भद्रपुरमा पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट आज पोजेटिभ आएको हो ।
श्रीमतीलाई कोरोना देखिएपछि मेयर सिवाकोटीले परिवारका सबै जनाको परीक्षण गराएका थिए । त्यस्तै, घरमा काम गर्ने एक सहयोगीलाई कोरोना पुष्टि भएको बिर्तामोड स्वास्थ्य शाखाले जनाएको छ । यता आज जिल्लामा २८ महिला र २६ पुरुष गरी ५६ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।



