सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवादमा नयाँ मोड सिर्जना भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालयमा छलफलका लागि आएका डकुमेन्टहरू प्रकाशित गरेर नेता कार्यकर्तालाई बाँड्न थालेपछि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली पक्षका नेताहरूले विरोध गरेका छन् ।

प्रिन्ट भएको बूकलेटमा गत कात्तिक २२ गते अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक आह्वान गरेको पत्र शुरूमा राखिएको छ ।

त्यसपछि अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डलाई दिएको जवाफ, प्रचण्डले ओलीलाई दिएको प्रत्युत्तर र प्रचण्डले सचिवालय बैठकमा पेश गरेको ओलीमाथिको आरोपसहितको प्रस्ताव रहेको छ । ‘पार्टी एकता र निर्माणको आधार’ नाम दिइएको बूकलेट प्रकाशित भएर वितरण शुरू गरिसकिएको छ ।

सचिवालय बैठक आह्वानदेखि चलेका पत्र र प्रस्तावका सिलसिलामा एक पक्षले अर्को पक्षको पोल खोलाखोल गरिएको छ । गत मंसिर ३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रचण्डको प्रस्तावको जवाफ दिनुपर्ने भएकाले १० दिन समय लाग्ने बताएका थिए ।

हेर्नुहोस् बूकलेट –

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah