काठमाडौं– विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ८ लाख नाघेको छ। शुक्रबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ६ करोड ८ लाख ८० हजार १ सय ४५ जना संक्रमित भएको तथ्यांक रहेको छ।

अमेरिकामा संक्रमितको संख्या एक करोड २८ लाख ७९ हजार ८ सय ६४ पुगेको छ। त्यस्तै भारतमा ९२ लाख ६६ हजार ७ सय ५, ब्राजिलमा ६१ लाख ६६ हजार ६ सय ६ र रुसमा २१ लाख ६९ हजार ४ सय २४ जनामा ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै पछिल्लो तथ्यांक अनुसार १४ लाख ३० हजार ८ सय २२ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा २ लाख ६३ हजार ४ सय १३ , ब्राजिलमा १ लाख ७० हजार ७ सय ६९, मेक्सीकोमा एक लाख ३ हजार ५ सय ९७, बेलायतमा ५७ हजार १ सय २८, इटालीमा ५२ हजार ८ सय ५० जनाको मृत्यु भएको छ ।

विश्वभर तीन करोड ९० लाख ४ हजार ८ सय जना संक्रमणमुक्त भएका छन्।

शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५५ लाख ३४ हजार १०, अमेरिकामा ४८ लाख ७१ हजार २ सय ३ , रुसमा १६ लाख ७१ हजार ३ सय ४९ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि दुई लाख २७ हजार ६ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये दुइ लाख ९ हजार ४ सय ३५ जना संक्रमणमुक्त भएका छन् भने एक हजार ४ सय १२ जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या ९२ लाख ६६ हजार ७ सय ५ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ३५ हजार २ सय २३ पुगेको छ। भारतमा हालसम्म ८६ लाख ७९ हजार १ सय ३८ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म ३ लाख ८६ हजार १ सय ९८ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ७ हजार ८ सय ४३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ३४ हजार ३ सय ९२ जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ५६ हजार ४ सय ३८ पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार ५ सय २४ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख ७१ हजार ४ सय ५३ छ।

अफ्गानिस्तानमा संक्रमितको संख्या ४५ हजार ७ सय १६ पुगेको छ। अफगानिस्तानमा १ हजार ७ सय ३७ जनाको मृत्यु भइसकेको छ भने ३६ हजार २ सय ३२ जना उपचारपछि निको भएका छन्।

श्रीलंकामा संक्रमितको संख्या २२ हजार २८ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ९९ छ भने निको हुनेको संख्या १५ हजार ८ सय १६ रहेको छ।

माल्दिभ्समा संक्रमितको संख्या १२ हजार ८ सय ८९ जना रहेको छ। मृत्यु हुनेको संख्या ४६ छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार ७ सय १७ पुगेको छ ।

भुटानमा संक्रमितको संख्या ३८६ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३६७ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah