एजेन्सी । क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । गत शनिबार उनकी श्रीमतीलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो ।

उनलाई पनि सङ्क्रमण पुष्टि भएपछि अहिले उनी दश दिनका लागि सेल्फ आइसोलेसनमा बस्नुभएको अधिकारीहरुले जानकारी दिएका छन् । उनलाई पहिलोपटक परीक्षण गर्दा नेगेटिभ नै देखिएको थियो । तर स्वास्थ्यकर्मीहरूले फेरि परीक्षण गर्न सुझाव दिएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको अधिकारीहरूले जनाएका छन् ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको जनाइएको छ । उनले घरबाटै आफ्ना कामहरु गरिरहनुभएको पनि अधिकारीहरुले बताएका छन् । उनले आइसोलेसनमा बसेर कोरोनासम्वन्धी आधारभूत स्वास्थ्य सतर्कताहरु पालना गर्नुभएको उहाँका सहयोगीहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah