एजेन्सी । मिस्त्रमा प्रहरीले हुसैन मोहम्मद नाम गरेका एक फोटोग्राफरलाई गि’र’फ्ता’र गरेको छ । ती फोटोग्राफरले जोजर पिरामिड नामक एक पुरातात्विक स्थलमा प्राचीन भेषभुुषा लगाएर मोडेको फोटो शूट गरेको आ’रो’प’मा ती फोटोग्राफरलाई प्रहरीले गि’र’फ्ता’र गरेको हो । फोटोग्राफरले रोजेको उक्त स्थान र मोडेलले लगाएको लुगाप्रति त्याहाँको प्रशासनले आ’प’त्ति जनाएको थियो ।

उक्त फोटोशूटको लोकेशनको नाम सक्कारा नेक्रोपलिस हो । यो ठाउँ मिस्त्रको राजधानीबाट करिब ३० किलोमिटर टाढाको दुरीमा पर्दछ । यस ठाउँलाई यूनेस्कोले वल्र्ड हेरिटेज साइटको नाम दिएको थियो ।

मिस्त्रकी फेशन मोडेल सलमा एलले जब यो तस्वीरलाई सोशल मिडियामा अपलोड गरिन् त्यसपछि यो फोटोको वि’रो’ध हुन शुरु गरेको हो । सलमाले पोष्ट गरेको तस्वीरकै आधारमा फोटोग्राफर मोहम्मदलाई प्रहरीले गि’र’फ्ता’र गरेको हो ।

खबरका अनुसार मोडेल सलमालाई थाहा थिएन कि पुरातात्विक ठाउँहरुमा अनुमति बिना फोटोशूट गर्न पाईँदैन भन्ने । सोशल मिडियामा मोडेल सलमालाई पनि प्रहरीले फोटोग्राफरसंगै गि’र’फ्ता’र गरेको भन्ने हल्ला थियो । तर त्यो केवल हल्लामात्रै सिमित भईदियो ।

 

किनभने सलमालाई प्रहरीले गि’र’फ्ता’र गरेको छैन । सोशल मीडियामा केही सोशल मिडिया यूजरसले मोडेल र फोटोग्राफर दुवैको पक्षमा आफ्ना प्रतिकृयाहरु दिईरहेका छन् भने केहीले यसको वि’रो’ध गरेका छन् ।

यो पनि : बालबालिकालाई टुथपेस्ट कति दिने?

हामीलाई बिहान बेलुका दाँत माझ्नुपर्छ भन्न थाहा छ तर टुथपेस्ट कति लिने भन्ने अधिकांशलाई थाहा छैन। अझ बच्चाहरूलाई कति दिने भन्नेमा हामी जानकार नै छैनाैँ।

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल यान्ड प्रिभेन्सनको अध्ययनअनुसार, तीनदेखि ६ वर्षसम्मका बच्चालाई ब्रसमा केराउको दाना जति टुथपेस्ट दिनुपर्छ।

दन्तमञ्जनको अधिक मात्राले बच्चाको दाँतलाई हानि गर्न सक्छ। अध्ययनअनुसार, करिब ४० प्रतिशत अभिभावक आफ्ना सन्तानलाई निर्धारित मात्राभन्दा बढी टुथपेस्ट दिन्छन्। दाँत उम्रिने बेला भएका बच्चालाई कम टुथपेस्ट दिनुपर्छ किनकि अधिक मात्रामा टुथपेस्ट दिँदा उनीहरूलाई ‘डेन्टल फ्लुओरोसिस’ हुन सक्छ।

अमेरिकन डेन्टल एसोसिएसनको वेबसाइट अनुसार, यसको ठूलो कारण भनेको टुथपेस्टमा फ्लुओराइड हुन्छ र त्यसले दाँतलाई ब्याक्टेरियाबाट सुरक्षित राख्छ। तर यसको अधिक मात्राले दाँतको माथिल्लो पत्रलाई खियाउँछ।

साना बच्चाका लागि टुथपेस्टको कम प्रयोग गर्ने सल्लाह किनकि टुथपेस्ट बाहेक पानी पनि फ्लोराइडको एक स्रोत हो। दाँतमा त्यसले पनि असर पार्छ।

अध्ययनअनुसार, फ्लोरिससको असर दाँत पलाइरहेका बच्चाको दाँतमा मात्र पर्छ। यसले दन्त स्वास्थ्यमा पूरै असर त पार्दैन तर फ्लोराइडको मात्रा नियन्त्रित नगर्दा दाँतको रंग खुइलिन्छ। यसको अत्यधिक मात्राले दाँतको बनावटमा पनि असर पार्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah