दमक/  झापाको दमक स्थित भुटानी शरणार्थी शिविरमा जारी इन्टर सेक्टर नक आउट फुट्बल प्रतियोगितामा सेक्टर डि सेमिफाईन प्रबेश गरेको छ । प्रतिस्पर्धात्मक खेलमा उसले सेक्टर सी को टिम सी लाई एक शुन्यको झिनो अन्तरले पराजित गरेको हो । विजयी टिमका लागि जर्सी नम्बर ११ का अन्जन गुरुङ्गको गोल नै निर्णायक बन्या ।

उनले पहिलो हाफको १२ औं मिनेटमा दर्शनीय गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच विजयी टिमका जर्सी नम्बर ९ का अनिस मगर घोषित भए । त्यस्तै आजै भएको अर्को खेलमा जित हासिल गर्दै सेक्टर ए को टिम ए पनि सेमिफाईनल प्रबेश गरेको छ । समुह बी मा रहेको उसले सीवाईसी पथरीलाई टाइब्रेकरमा ५–४ ले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।

निर्धारित समय सम्म गोल रहित बराबरी भएपछि खेल टाइब्रेकर सम्म पुगेको थियो । सो खेलको म्यान अफ दि म्याच गोलकिपर ध्रुब घिमिरे घोषित भए । प्रतियोगितामा भोलि पनि दुई खेल हुनेछन् । भोलिको पहिलो खेलमा सेक्टर ए को टिम बी र सेक्टर बी को टिम बी तथा दोश्रो खेलमा सेक्टर सी को टिम ए र वाईएफसी पथरी आमने सामने हुने आयोजकका सेनिबा लिङ्गदेनले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले नगद २० हजार र उपविजेताले नगद १५ हजारसँगै ट्रफी हातपार्ने टिका कालिकोटेले जानकारी दिनुभयो । प्रतियोगिताको आयोजना भुट्निज युथ क्लब बेलडाँगीले गरेको हो । प्रतियोगितामा भुटानी शरणार्थी दमक र पथरीका १२ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah