काठमाडाैं, १८ असाेज । आधुनिक फेसन प्रतिको रुची धेरै मानिसमा बढेको पाइन्छ । विशेष गरि महिलाहरुका लागि बजारमा थुप्रै डिजाइनका कपडाहरु निस्किएका छन् । कपडालाई मिलाएर लगाउन सकियो भने मात्रै आकर्षक र राम्रो देखिन्छ । डेसअप अनुसारको गहना छनौट गर्न सकिएन भने त्यसले चाहेजति आकर्षण दिन सक्दैन । तसर्थ यहाँ फेसन डिजाइनर महर्जनको केही सुझावहरुलाई प्रस्तुत गरिएको छ ।

पाइन्ट–टिसर्ट 

पाइन्ट–टिसर्ट अहिले म्याक्सिमम चलेको फेसन हो । जस्तो परिस्थितिमा पनि यो ड्रेसअप म्याच हुन थालेको पाइन्छ । अफिस , घुमघाम वा विशेष समारोह जहातहीँ डिजाइन अनुसारका पाइन्ट –टिसर्ट लगाउँछन् युवतीहरु । यस्तो ड्रेसअपमा अरूको नजरमा खासै नोटिस नहुने गहना लगाउनुपर्छ । गलामा सिक्री र कानमा सानो टप या रिङ लगाए पुग्छ ।

हेबी र सिम्पल
ड्रेस हेबी खालको ड्रेसअप गर्नुभएको छ भने गहना सिम्पल रोज्नुहोस् । हेबी ड्रेसमा हेबी नै गहना राम्रो सुहाउँदैन । सिम्पल ड्रेसमा केही हेबी गहना म्याच हुन्छ । गहना र ड्रेसअप दुवै हेबी भए लुक्स भद्दा र नराम्रो देखिन्छ । हेबी ड्रेसअपमा कानको गहना नेकलाइनभन्दा तल आउनु राम्रो हुँदैन । नेकलाइन खाली रहने ड्रेसअप छ भने ठूलो रिङ लगाउँदा पनि क्याची देखिन्छ ।

साडी –ब्लाउज
कस्तो कार्यक्रममा साडी लगाउने हो, सोअनुसार गहना छनोट गर्नुपर्छ । अफिसियल प्रयोजनमा साडी पहिरिनुहुन्छ भने सानो टप र सिक्री मात्रै लगाए पुग्छ । अन्य गहनामा झकिझकाउ बन्ने प्रयास नगर्दा नै हुन्छ । यसले राम्रो देखाउँदैन । विशेष समारोहमा भने साडी केही हेबी लगाएर सानो खालको नेकलेस पहिरिँदा बेस्ट देखिन्छ । हेबी नेकलेस राम्रो हुँदैन ।

कुर्ता–सलवार
अहिले कुर्ता विभिन्न डिजाइनका छन् । धेरै ‘नेक’ डिजाइनका कुर्ता ट्रेन्डमा छन् । गहनालाई कुर्ताको नेक डिजाइनले भन्दा पनि नेक ओपन छ या छैन भन्नेले बढी प्रभाव पार्छ । नेकलाइन ओपन भएको कुर्तामा केही हेबी गहना लगाउन सकिन्छ । नेकलाइन खुला छैन भने कुर्ताको गला छोपिने गरी कहिल्यै गहना लगाउनु हुँदैन । गहनाले लुगा छोप्दा लुक्स नराम्रो देखिन्छ ।

ट्रान्सपरेन्सी नेकलाइन
ट्रान्सपरेन्सी नेकलाइन भएको ड्रेसअप गर्नुभएको छ भने गहना केही लामो (तलसम्म झोलिएको) लगाउँदा पनि फरक पर्दैन । गलामा पारदर्शी भएको ड्रेसअपमा भित्रका गहना राम्रैसँग देखिन्छ । एक्स्ट्रा लुक्स पनि दिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय