झापाको दमक नगरपालिकाका कोरोना भाईरस संक्रमित मध्ये ९ सय ४४ जनाले कोरोना जितेका छन् । आज सम्म दमकका ६ सय ६० पुरुष र ४ सय ५१ गरी एक हजार एक सय ११ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
आज २ पुरुष र २ महिला गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै दमकका कोरोना संक्रमितको संख्या एक हजार एक सय ११ पुगेको हो । त्यसमध्ये ५ सय ७२ पुरुष र ३ सय ७२ महिला गरी ९ सय ४४ जनाले कोरोना जितेको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल दमकका ६४ पुरुष र ७० महिला गरी एक सय ३४ जना उपचाररत छन् । कोरोना संक्रमणका कारण दमकका २४ पुरुष र ९ महिला गरी ३३ जनाको मृत्यु भइसकेको पनि भट्टराईले जानकारी दिनुभयो ।
यसैबीच आज दमकका ६७ पुरुष र ३८ महिलाको गरी एक सय ५ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको पनि भट्टराईले जानकारी दिनुभयो ।



