५ पुस/ भुट्निज युथ क्लबलाई एक शुन्यले पाखा लगाउँदै वाईएफसी पथरी झापाको दमकमा जारी दुम्सेली नक आउट फुट्बल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । विजयी टिमका लागि जर्सी नम्बर १२ का अजय राईले गोल गरे ।
उनले पहिलो हाफको १० औं मिनेटमा दर्शनीय गोल गरेका थिए । त्यसपछि पनि वाईएफसीले आधा दर्जन अबसर खेर फालेको थियो भने भुट्निज युथ क्लबले पनि आँफूले पाएको अबसर सदुपयोग गर्न नसक्दा पराजय भोग्न पुग्यो । खेलको म्यान अफ दि म्याच विजयी टिमका कप्तान सानु लिम्बु घोषित भए ।
जितसँगै वाईएफसीले अन्तिम चार प्रबेशका लागि आयोजकसँगको भेट पक्का गरेको छ । उसले आयोजकसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । भोलि अन्तिम चार प्रबेशका लागि भाङ्गबारी फुट्बल क्लब दमक र नर्थ राधानगर फुट्बल क्लब भाउन्नेबीच खेल हुने अयोजकका खेल संयोजक अनिस बस्नेतले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद २५ हजार हात पार्ने छ भने उप–विजेताले नगद १५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको आयोजना चुलाचुली फुट्बल क्लब दुम्सेले गरेको हो ।



