काठमाडौँ। नेपालमा गत २४ घण्टामा ६५९ जनामा कोरोना सङ्क्रमण देखिएको छ। आज कोरोना सङ्क्रमण देखिएकामध्ये २५२ महिला र ४०७ पुरुष रहेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा १९ लाख १५ हजार २३२ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।
यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ५८ हजार ८४० पुगेको छ।



