बलिउड अभिनेत्री दीपिका पादुकोणले ३१ डिसेम्बरमा आफ्ना सोसल मिडियाका सबै पोस्ट डिलिट गर्दै सबैलाई अचम्ममा पारिन् । दीपिका सोसल मिडियामा निकै सक्रिय रहन्छिन् । आफ्नो नीजि र व्यवसायिक जीवनको धेरै हिस्सा उनी सोसल मिडियामा प्रशंसकमाझ सेयर गर्छिन् । उनले एक्कासी सबै पोस्ट डिलिट गरेपछि अब उनले सोसल मिडिया नचलाउने पो हुन् कि भनेर धेरैले अनुमान गरे तर सन् २०२१ को जनवरी १ तारिखमा दीपिकाले एउटा अडियो क्लिप सेयर गर्दै सोसल मिडियामा फिर्ता भइन् ।

दीपिकाको यो अडियो क्लिपको नाम ‘माइ अडियो डायरी’ हो । यसमा दीपिकाले आफ्ना प्रशंसकलाई नयाँ वर्षको बधाई दिइन् । दीपिकाले यो अडियो क्लिपमा भनिन्, ‘हाय एभ्रिवान, मेरो अडियो डायरीमा तपाईंलाई स्वागत छ । यो मेरो विचार र भावनाको एक रेकर्ड हो । तपाईंहरु सबै यो कुरासँग सहमत हुनुहोला कि २०२० हरेकका लागि अनिश्चितताले भरिएको थियो । तर मेरा लागि यो वर्ष कृतञताले पनि भरिएको थियो । सन् २०२१ का लागि म आफैंका लागि र तपाईंहरु सबैका लागि सुस्वास्थ्य र मनको शान्तिको कामना गर्छु । नयाँ वर्षको शुभकामना ।’

जब दीपिकाको सबै पोस्ट डिलिट भयो तब सबैले उनको अकाउन्ट ह्याक भएको हो कि भन्ने सोचे । तर आज जब दीपिकाले अडियो डायरी पोस्ट गरिन् तब मानिसहरुले अन्दाज लगाउन सुरु गरे कि दीपिकाको यो सोसल मिडियाको नयाँ रणनीति हो, अब उनले आफ्नो सोसल मिडियामा अकाउन्टमा अडियो मात्रै सेयर गर्ने अनुमान गरिएको छ ।

https://www.instagram.com/deepikapadukone/?utm_source=ig_embed

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah