काठमाडौं, २६ पुस । भायानेटको वेभसाइट ह्याक गरेर डेढ लाख भन्दा बढी ग्राहकको व्यक्तिगत विवरण ट्वीटरमार्फत सार्वजनिक गर्ने चर्चित ह्याकर नरपिचास भनिने निखिल अर्याल पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर व्यूरोमा ह्याकरको उजुरी पर्नासाथ अनुसन्धान शुरु भएको थियो । रुपन्देहीको तिलोत्तम नगरपालिका–१ का १८ वर्षीय नरपिचासलाई आइतबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अपरान्ह ४ बजे उनकै घरबाट पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताएका छन् । उनलाई आजै काठमाडौं ल्याइदैछ ।

उनको सो कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को परिच्छेद–९ बमोजिमको कसुर भएको हुँदा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमती लिई जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा ईलाका प्रहरी कार्यालय, बुटवल समेतको सहयोगमा व्यूरोबाट खटिएको टोलीले बुटवलबाट पक्राउ गरी थप अनुसन्धान भई रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah