मेष– साझेदारीलगानी एवं सम्झौतामा धोका हुन सक्नेछ । स्वास्थ्यमा बाधा एवम काममा रोकावट हुनेछ । अपजसको भय एवम मित्रता टुट्न सक्नेछ । साताको मध्यमा भने स्थान परिवर्तन एवम यात्राको सुख मिल्नेछ ।वैदेशिक कारोवारमा फाइदा मिल्ने टाढाका आफन्तबाट धनको सहयोग मिल्नेछ । शिर दर्द एवम शारिरीक थकान बढ्नेछ । दाजुभाइबाट सहयोग एवम माटोबाट लाभ मिल्नेछ । साताको अन्त्यमा भने आर्थिक सहयोग मिल्ने एवम कामबाट जस पाइनेछ ।

वृष–व्यवसायिक यात्रा हुनेछ । जिम्मेवारी बढ्नाले व्यक्तिगत काममा अवरोध हुनेछ । प्रेममा प्रगति हुनेछ । वैवाहिक कुराले चर्चा पाउने एवम पारिवारिक भेटघाटमा रमाइलोमा खर्च हुनेछ । साताको मध्यमा भने काममा ढिलासुस्ती एवम गुप्त शत्रुको बाधा हुनेछ । खर्च बढ्ने एवम् गोडा, घुँडाको समस्या देखिन्छ । राजनीतिबाट भने फाइदा मिल्ने एवम साताको अन्त्यमा विदेशबाट सहयोग प्राप्त हुनेछ । मातृपक्ष एवम् ससुराल पक्षबाट आर्थिक एवम नैतिक सहयोग मिल्नेछ ।

मिथुन– नयाँ काममा लगानी हुनेछ । साथीभाइसँग रमाइलोमा खर्च बढी हुनेछ । सवारी साधन र भोग विलासितामा धन बढी जानेछ । खेलकुद एवम् प्रतिस्पर्धामा जित हुनेछ । साथीभाइबाट सहयोग एवम स्वास्थ्यमा सुधार हुनेछ । आम्दानी राम्रो हुने एवम् नयाँ व्यवसायमा लगानी बढ्नेछ । प्रेममा प्रगति एवम जीवनसाथीबाट पारिवारिक सहयोग मिल्नेछ । राजनीतिक क्षेत्रमा जिम्मेवारी बढ्ने एवम् प्राविधिक क्षेत्रमा गरेको लगानीमा फाइदा मिल्नेछ । साताको अन्त्य भने सामान्य तनावपूर्ण हुनेछ ।

कर्कट- नयाँ काममा रुची बढ्नेछ । व्यापारमा राम्रो आम्दानी हुने तथा सन्तानबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार हुने एवम् काममा प्रगति मिल्नेछ । मध्यमा भने बोली बचनको कारणले पारिवारिक तिक्तता बढ्नेछ । पेट सम्बन्धि समस्या बढ्नेछ अनावस्यक झैझगडामा फसिने हुनाले अरुको मामलामा नजानु राम्रो हुनेछ । मातृपक्षको स्वास्थ्यमा समस्या आउने एवम् सवारी साधनले धोका दिन सक्नेछ । साताको अन्त्यमा भने व्यवसायिक यात्रा हुने एवम् साझेदारीमा फाइदा मिल्नेछ ।

सिंह- पारिवारिक चिन्ताले सताउनेछ । मित्रतामा समस्या आउनाले काममा जोसजाँगर घट्नेछ । घरायसी झमेला आउनेछ । पारिवारिक बेमेल एवम् जग्गाजमिनमा विवाद पर्नेछ । साताको मध्यमा भने अध्ययनमा सफलता एवम् आम्दानीको स्तर बढ्नेछ । व्यवसायबाट लाभ मिल्नाले अधुरा काम पुरा हुनेछन् । दाम्पत्य जीवनमा सामान्य वादविवाद, पितृपक्षको स्वास्थ्यमा बाधा एवम् खेलकुद एवम् प्रतिस्पर्धामा जित हुनेछ । स्वास्थ्यमा सुधार हुने एवम् वैदेशिक सहायता मिल्नेछ ।

कन्या– नयाँ काममा जिम्मेवारी थपिनेछ । छोटो यात्राको अवसर आउनेछ । दाजुभाइबाट सहयोग एवम् कृषिबाट फाइदा मिल्नेछ ।। मित्रता टुट्ने एवम स्त्री पक्षसँग वैरभाव रहनेछ । बाेलीले शत्रुता बढ्नाले साथिभाइमा वैमनस्यता आउनेछ । प्रेममा सामान्य भनाभन, भोजनको गडबडीले स्वास्थ्य बाधा हुनेछ । आफन्तको धनको सहयोगले व्यवसायमा लगानी बढ्नेछ । साताको अन्त्यमा भने व्यापार फस्टाउने, सन्तानको प्रगति एवम कला,संगीतमा रुचि एवम् प्रगति बढ्नेछ ।

तुला– बोलीबचनको प्रभावले मित्रता बढ्नेछ । कुटुम्ब एवम् आफन्तको सहयोग मिल्ने, धनसम्पत्तिको आर्जनमा सन्तुष्टि मिल्नेछ । शिरदर्द एवम् आँखाको समस्या बल्झिनेछ । उत्पादन मुलक क्षेत्रमा पुरानो व्यवसायमा प्रगति हुनेछ । पुरानो ऋणको भार कम हुनेछ । साताको मध्यमा भने आफन्तबाट धोका एवम मानसिक अशान्ति प्रेममा भनाभन एवम् पारिवारिक विवाद निम्तिनेछ । सन्तानको स्वास्थ्यमा बाधा एवम् चिसोको समस्याले खर्च बढ्नेछ ।

वृश्चिक- खुसिको खवर आउनेछ । वैदेशिक काममा प्रगति एवं यात्राको काममा खर्च हुनेछ । नयाँ काममा योजना बन्नेछ । साथीभाइसँग भेटघाट एवम् रमाइलोमा खर्च हुनेछ । मिठो भोजन एवम् नयाँ ठाउँको भ्रमण मिल्नेछ । बोली बचनको प्रभावले ठुलाबडासँग सम्बन्ध बढ्नेछ । बाहनबाट सामान्य क्षति एवम सन्तानको चिन्ता बढ्नेछ । ऋणको भार बढ्नाले व्यवसायमा कठिनाइ हुनेछ । सवारी साधनले सामान्य चोटपटकको योग देखिन्छ । विनाकारण निउ खोज्नेहरु भेटिनेछन् ।

धनु– टाढाको यात्रामा खर्च हुनेछ । महत्वपूर्ण सामान हराउन सक्ने एवम् परिवारमा आलोचनाको भय हुनेछ । मातृपक्षको स्वास्थमा बाधा आउने एवम स्त्रीपक्षसँग सम्बन्ध बिग्रिनेछ । अध्ययन कमजोर हुन सक्ने एवम् पेटको समस्याले दुःख दिनेछ सन्तानको लागि स्वास्थ्यमा खर्च बढ्न सक्नेछ । छोटो यात्राको अवसर मिल्ने एवम् दाजुभाइबाट भने सहयोग पाइनेछ । कृषि एवम तरल पदार्थबाट धन आर्जन हुने एवम् महिलावर्गको सहयोगले व्यवसायमा सहायता मिल्नेछ ।

मकर– सामान्य आम्दानीले साथ दिनेछ । पशुचौपाय तथा तरल पदार्थको कारोबारबाट धन आर्जन हुनेछ ।माता स्त्रीवर्गबाट धनको सहयोग मिल्नेछ । माइती मावलीको साथ सहयोगले व्यवसाय अगाडि बढ्नेछ । साताको मध्यमा भने स्वास्थ्यमा पैसा खर्च हुने, यात्रामा झन्झट मिल्ने एवम् अनावश्यक काममा खर्च बढ्नेछ । बोलीको कारणले शत्रुता बढ्ने, खानपिनको कारणले स्वास्थ्य बाधा हुने एवम अंशबण्डा एवम् घरायसी सम्पत्तिमा विवाद आउनेछ ।

कुम्भ– सरकारी कामबाट फाइदा एवम् ठुलाबडाको आशीर्वाद मिल्नेछ । राजनीतिक क्षेत्रमा थप अवसर मिल्नेछ । पदवृृद्धिको योग बन्ने एवम् काममा प्रशंसा मिल्नेछ । रिसको आवेगमा मित्रता टुट्न सक्नेछ । सामान्य चोटपटकको भय एवम दाजुभाईको स्वास्थ्यमा समस्या आउन सक्नेछ । साताको मध्यमा भने राम्रो आम्दानी हुने एवम् लगानीमा प्रतिफल मिल्नेछ । साताको अन्त्य भने खर्चिलो एवम् यात्रामा झन्झट र शारीरिक कठीनाइ हुनेछ ।

मीन– धार्मिक एवम सामाजिक क्षेत्रमा समय व्यतित हुनेछ । यात्राको योग बन्ने एवम् वैदेशिक कामबाट फाइदा मिल्नेछ । देब्रे अंगमा पीडा एवम् नाक, कान, घाँटीको समस्या हुनेछ । बोलीको कारणले प्रेममा बाधा एवम् खर्च बढ्नेछ । साताको मध्यमा भने राजनीतिक भेटघाट हुने, ठुलाबडाले साथ दिने एवम् काममा जस मिल्नेछ । साताको अन्त्यमा भने आम्दानीले साथ दिनाले कारोबारमा सन्तुष्टि मिल्नेछ । कृषि क्षेत्रबाट आम्दानी राम्रो हुनेछ ।

प्रस्तुतिः ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्कः ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah