काठमाडौं: अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय महिला लिग जनवरी २० (माघ ७) बाट शुरु गर्न तयारी पुरा गरेको छ। प्रतियोगिताको उद्घाटन र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने बाँकी खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुनेछ।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।

प्रतियोगितमा पहिलोदेखि तेस्रो स्थानसम्म हासिल गर्ने टिमलाई क्रमश १५ लाख, ८ लाख र ५ लाख पुरस्कार दिने एन्फाले जनाएको छ। त्यस्तै उत्कृष्ट स्ट्राइकर, मिडफिल्ड, डिफेन्स, गोलकिपर र प्रशिक्षकलाई ५० हजार दिने बताइएको छ। त्यस्तै बेस्ट प्लेयर अफ दी लिगले स्कुटर प्राप्त गर्नेछन्।

हरेक टिममा २३ खेलाडी र सात अफिसियल गरी ३० जना रहने छन्। त्यस्तै टिमले प्रतियोगिताका लागि चार विदेशी खेलाडी पनि भित्र्याउन पाउनेछन्। प्रतियोगिता एक महिनासम्म चल्नेछ। सातैवटा टोलीले एन्फाबाट तयारीका लागि एक लाख रुपैयाँ र कोभिड रिलिफ फण्डबाट ५० हजार प्राप्त गर्नेछन्।

यसअघि अघिल्लो वर्ष चैत ३ गतेबाट सुरु हुने भनिएको प्रतियोगिता कोभिड महामारीका कारण रोकिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah