काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार ५०८ जनाको स्वास्थ्य परीक्षण गर्दा ९१ महिला र १७५ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६७ हजार ३२२ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ४०० निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६१ हजार ४४४ पुगेको छ । अहिले देशभर ३ हजार ९१९ सक्रिय सङ्क्रमित छन् ।
यो पनि पढ्नुहोस मैले हँसाए भनेर किन पीर : प्रधानमन्त्री
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९५९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ५ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।



