भनिन्छ, बाजले निकै माथिबाट जमिनमा शिकार फेला पार्छ ।
अहिले सामाजिक सञ्जालमा यस्तै एक भिडियो भाइरल भइरहेको छ ।
भिडियोमा एक बाज निकै माथि उडिरहेको हुन्छ ।
समुन्द्रमा एक माछा समात्नका लागि बाज निकै तीव्र गतिमा तल झर्छ र समुन्द्रभित्र डुब्छ । त्यसको केही पलमै उसले माछा समातेर उड्छ ।
यो भिडियो आइआरएस अफिसर डा. भागीरथ मान्डाले आफ्नो ट्वीटरमा शेयर गरेका छन् ।
जनवरी ५ मा उनले ट्वीटरमा शेयर गरेको यो भिडियो अहिलेसम्म १६ हजारभन्दा धेरैले हेरेका छन् ।
Air missile pic.twitter.com/H9ihifgy8r
— existing in nature (@afaf66551) January 4, 2021



