वि.सं. २०७७ साल माघ ०५ गते । सोमबार । इस्वी सन् २०२१ जनवरी १८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–पञ्चमी, ०८ घडी २७ पला, बिहान १० बजेर २० मिनेट उप्रान्त षष्ठी । नक्षत्र–पूर्वाभाद्रपदा, ०५ घडी ३५ पला, बिहान ०९ बजेर १२ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–परिध, ३२ घडी ५७ पला, बेलुकी ०८ बजेर ०८ मिनेट उप्रान्त शिव । करण– बालव, बिहान १० बजेर २० मिनेट उप्रान्त कौलव, बेलुकी ११ बजेर ०१ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा– मुसल योग ।

चन्द्रराशि– मीन । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३१ मिनेट । दिनमान २६ घडी २५ पला ।

मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेको छ, सजग रहनुहोला । अस्वाभाविक खर्च बढ्ने हुँदा मन चिन्तित रहनेछ । शारीरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । व्यापार व्यावसायमा नाफा कमाउन निकै नै सङ्घर्ष गर्नुपर्ला । वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यावसाय भने फस्टाएर जानेछ । विद्यामा सोचेजस्तो प्रगति गर्न निकै समय कुर्नुपर्नेछ । आफन्त तथा परिवारजन तपार्ईंदेखि टाढिन सक्छन् ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पत्ति परिचालन गरी मनग्य आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने बैङ्किङ क्षेत्रको लगानी फस्टाएर जानेछ । प्रेम प्रसङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाइ तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउन सकिनेछ । सवारी साधन प्राप्तिको योगलाई नकार्न सकिँदैन ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) गीत सङ्गीतमा विशेष रुचि बढ्नेछ भने विद्यामा तपाईँ अब्बल सावित हुनुहुनेछ । सत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाज सेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मानसम्मान तथा इज्जत प्रतिष्ठामा व

वृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानी हुनेछ

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगति भएर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईंको गतिलो उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाई आर्थिक अवस्था सुदृड बनाउन सकिनेछ । लामो दूरीको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टु, टे) काम गर्दा ख्याल गर्नुहोला सुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी गरे पनि आम्दानी नहुने हुनाले दैनिक गुजारा ऋण लिएर चलाउनुपर्ने बाध्यता आउनेछ । प्रणय सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवनसाथीको सहयोग नपाउँदा कामहरु थाँती रहनेछन् । पढाइलेखाइ अधुरै रहने तथा नतिजा अरुतिर जानेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना हुन सक्छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) प्रेम तथा मित्रताको वन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखि रहनेछ । बिभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मनजाने हुनाले अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने लामो दुरिको व्यावसायिक यात्रा हुनेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा हात पार्न सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई हराउँदै नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने तपार्ईंको खैरो खन्नेहरु आफै साइड लाग्नेछन् । विवादित विषयहरुको निर्णय तपार्ईं आफ्नै पक्षमा आउने हुनाले खुसीले उचाइ नाघ्नेछ । पुराना सापटी तथा लेनदेनका मुद्दाहरु सल्टाउन सकिने हुँदा मन प्रशन्न रहनेछ । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेको छ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) बौद्धिकताको लडाइँमा तपार्ईंकै नाम उच्च स्थानमा आउने हुनाले मन प्रशन्न हुनेछ । सेयर बजारमा गरिएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पत्ति लाभ हुनेछ भने उपाहार पाइने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ । मनग्य धन आर्जन गर्न सकिने हुनाले इच्छित कामनाहरु पूरा हुनेछन् ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) घरजग्गा तथा सवारी साधनको व्यापार व्यावसायबाट सन्तोषजनक नाफा कमाउन सकिनेछ । राजनीति तथा समाज सेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडि परेको भान हुनेछ । छातीसम्वन्धी समस्याले नसताउला भन्न सकिन्न । आमा तथा आमासरहका मानिससँग विवाद हुनेछ । प्रेम प्रसङ्मा रमाउने चाहनेहरुका लागि समय मध्ययम रहेको छ । तर पनि कृषि तथा पशुपालन व्यावसाय भने फस्टाएर जानेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) आत्मीय मित्र तथा दाजुभाइहरुको सहयोग पाइने हुँदा मन प्रसन्न हुनेछ । व्यापारमा लगानी गरी मनग्य आयआर्जन गर्न सकिनेछ भने आम्दानीका नयाँ स्रोत थपिनेछन् । माया प्रेममा रमाउन चाहानेका लागि समय राम्रो रहेको छ । पढाइलेखाइमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुनेयोग रहेको छ । दैनिक जीवनलाई सहज हुने छोटो तथा रमाइलो यात्रा हुनेछ । धर्मकर्ममा मन जाने हुनाले मन्दिर तथा धार्मिक स्थलको यात्रा हुनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेको छ । पठनपाठनमा मन जाने हुनाले स्कुल तथा कलेजमा तपार्ईंको नाम अग्र स्थानमा आउनेछ । शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ भने नयाँ काम थालनी गर्दा भवष्यमा मनग्य धन लाभ हुनेछ । प्रेममा रमाउन चाहनेहरुले भरपुर रमाइलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउदा मन प्रशन्न रहनेछ । आत्मविश्वासमा वृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलाशी वस्तुको प्रयोगमार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ ।

तपाईंको दिन शुभ रहोस् । युवा ज्योतिषी डीपी भण्डारी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah