काठमाडौं – कोरोनाभाइरसका कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् । विश्वका विभिन्न देशमा हरेक दिन कोरोनाको संक्रमणबाट ज्यान गुमाउने र संक्रमितको संख्या बढ्दै गइरहेको छ ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ५४ लाख ८२ हजार ५ सय ९८ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० लाख ३९ हजार ६ सय ५३ पुगेको छ । त्यस्तै हालसम्म विश्वमा ६ करोड ८१ लाख ६९ हजार ३ सय १४ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।
त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ४ लाख ७ हजार २ सय २ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ करोड ४४ लाख ८२ हजार ५०पुगेको छ । त्यसैगरी निको हुनेको संख्या एक करोड ४४ लाख २८ हजार ३ सय ५१ पुगेको छ ।
त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २ लाख ९ हजार ८ सय ६८ पुगेको छ भने संक्रमितको संख्या ८४ लाख ८८ हजार ९९ पुगेको छ ।



