गर्भावस्थाको तेस्रो महिना गर्भवती महिलाले दूध र गुलिया पकवान्नको सेवन गर्नु राम्रो हुन्छ । यस्तै वस्त्रमा पहेंला वस्त्र धारण गर्नुपर्छ ।चौंथो महिना सूर्य ग्रहको प्रभाव रहन्छ । यो समयमा रस पिउने गर्नुपर्छ भने सिम्रिक रंगका वस्त्र धारण गर्दा सकारात्कता बढी रहन्छ ।यस्तै चन्द्र ग्रहको प्रभाव रहन्छ, पाँचौं महिनामा । दूध, दहि र चामल सँगसँगै सेता चीजको सेवन र सेतै वस्त्र धारण गर्नुपर्छ । किनकि, चन्द्रमाको आकार पनि सेतै हुने गर्दछ ।
अर्को महिना अथार्त् गर्भावस्थाको छैटौं महिनामा शनि ग्रहको दृष्टि रहन्छ । यो अवधिमा कसिला चीज, क्याल्सियम र रसिला खानेकुरा खानुपर्छ भने वस्त्रको रंग स्काइ ब्लु हुनुपर्छ । अन्य महिना जस्तै सातौं महिना हो, बुधको । जुस, फलको सेवन सातौं महिनाका लागि फाइदाजनक रहन्छ । हरियो रंगको वस्त्र धारण पनि यही महिनामा गर्नुपर्छ ।अर्को महिना अर्थात् आठौं महिना चन्द्रमाको हो भने नवौं चाहिँ सूर्यको । यो समयमा यदि कुनै ग्रहहरू नीच राशिमा विचरण गर्दैछन् भने त्यसका लागि वैदिक यज्ञ गर्नुपर्ने हुन्छ । गर्भ जति ग्रहको किरणले सेकिन्छ, त्यति नै महान् र मेधावी पनि बन्छ ।



