७ माघ, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या चार लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म कोरोनाबाट चार लाख एक हजार ५८६ जनाको मृत्यु भएको छ ।अमेरिका संक्रमित र मृतक संख्याको आधारमा कोरोनाबाट विश्वमा सबैभन्दा धेरै प्रभावित हुने मुलुक हो । अहिलेसम्म अमेरिकामा दुई करोड ४२ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्तिम दिन अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नाघेको हो । बुधबारदेखि आफ्नो कार्यकाल सम्हाल्न लागेका जो बाइडनले यसअघि नै कोरोना नियन्त्रणको लागि प्रभावकारी कदम चाल्ने घोषणा गरिसकेका छन् |

मंगलबार साँझ बाइडन र उपराष्ट्रपतिमा विजयी भएकी कमला ह्यारिसले कोरोना नियन्त्रणका लागि सरकारले लिएको नीति परिवर्तन गर्न सक्ने संकेत गरेका छन् । कोरोनाबाट मृत्यु भएका मानिसहरुलाई स्मरण गर्दै बाइडनले कोरोना संक्रमणबाट मृत्यु भएका मानिसहरुलाई सम्झिनुपर्ने बताएका छन् । बाइडनले कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah