शरीरको सुन्दरता बढाउनका लागि थुप्रै मानिसहरु कस्मेटिक सर्जरीको सहारा लिन्छन् तर शल्यक्रियामार्फत् नै उचाई बढाएको एक मामिला चर्चामा छ । अमेरिकाको डेल्लासमा बस्ने अलफोन्सो फ्लोर्सको उचाई ५ फिट ११ इन्च थियो र शल्यक्रियापश्चात् उनको उचाई ६ फिट १ इन्च भएको छ ।

डेली मेलको रिपोर्ट अनुसार फ्लोर्स सधैं नै अग्लो हुन चाहन्थे । २८ वर्षका फ्लोर्स मेडिकलका विद्यार्थी छिन् । फ्लोर्सले लिम्ब लेंथिनिंग सर्जरीमार्फत् आफू अग्लो हुने सपना पूरा गरेका छन् ।

यो शल्यक्रिया लास वेगासमा रहेको ‘द लिम्बप्लेक्स इन्स्टिच्यूट’ को हार्वर्ड –प्रशिक्षित अर्थोपेडिक सर्जन डाक्टर केविन देबीप्रसादले गरेका छन् । यद्यपि, यो शल्यक्रिया निकै खर्चिलो हुन्छ ।

डाक्टर केविन देबिप्रसादका अनुसार कस्मेटिक शल्यक्रियामार्फत् शरीरको उचाई बढाउन त सकिन्छ । तर यो प्रक्रिया निकै खर्चिलो हुन्छ । फ्लोर्सका अनुसार यो शल्यक्रियाका लागि ७५ हजार डलर (८६ लाख रुपैयाँ) खर्च गरिएको हो ।

फ्लोर्सको शल्यक्रिया अघि र पछिको तस्बिर सोसल मिडियामा चर्चाको विषय बनेको छ । डाक्टर देबिप्रसादले याहू लाइफस्टाइलसँगको कुराकानीमा यो शल्यक्रियामा जाँघ र तिघ्राको हड्डी लामो पारिने जानकारी दिए ।

फ्लोर्सले आफ्नो नयाँ उचाई हासिल गरेको पनि सात महिना बितिसकेको छ । यसबारे उनी भन्छन्, ‘६ इन्चभन्दा पनि अग्लो हुने मेरो इच्छा अन्ततः पूरा भएको छ । ’

उक्त शल्यक्रिया गरेको एकदेखि दुई वर्षपछि किला निकाल्नका लागि अर्को शल्यक्रिया गर्नुपर्छ जसका लागि थप १४,००० डलर देखि २०,००० डलरसम्म लाग्छ । यससँगै उचाई बढाउने शल्यक्रियाका लागि जम्मा ८९ हजार डलरदेखि १ लाख १४ हजार डलरसम्म पर्न जान्छ ।

अल्फोन्सोले पत्रकारसँगको कुराकानीमा भने, ‘५’११ राम्रै उचाई हो, धेरैलाई यत्तिको अग्लो हुन पाए पनि हुन्थ्यो भन्ने लाग्छ तर मलाई थप अग्लो हुन मन लाग्थ्यो ।’

‘मलाई स्मरण भएदेखि सम्भवतः म १२ वर्षको हुँदादेखि नै यस्तो गर्न चाहन्थेँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah