अभिनेता टाईगर श्राफकी हिरोईन निधि अग्रवाललाई आफैले लगाएको ड्रेसले धोका दिएको छ । डेब्यु सिनेमा ‘मुन्ना माईकल’को ट्रेलर लन्च ईभेन्टमा डिजाईनर फराहा संजनाले डिजाईन गरेको म्याक्सी लगाएकी निधिलाई सिँढी चढ्दा आफ्नै ड्रेसले धोका दिएको हो । सिँढी चढ्ने क्रममा अल्झिएर लड्ने डरले म्याक्सी माथि उठाउँदा उनको भित्रि बस्त्र नै देखियो जसलाई भारतीय सञ्चार माध्ययमले क्यामेरामा कैद गरेर सार्वजनिक गरिदिए । निधिका यी तस्बिरहरु अहिले भाईरल भईरहेका छन् ।
निधिले शब्बिर खान निर्देशित सिनेमा ‘मुन्ना माईकल’मार्फत बलिवुडमा डेब्यु गर्दैछिन् । यस सिनेमामा उनका को–स्टार टाईगर श्राफ छन् । २३ वर्षिय मोडल तथा अभिनेत्री निधि बैंगलोरकी हुन् । उनी कथक र बेलेकी ट्रेण्ड डान्सर हुन् । उनले बिजनेसमा ग्रेजुएशन गरिसकेकी उनको डेब्यु सिनेमालाई विक्की राजानीले निर्माण गरेका हुन् ।
बान्द्रामा बस्दै आएकी निधिलाई केही समय अघि छिमेकीले फ्ल्याट खाली गर्न लगाएको खबर आएको थियो । जानकारी अनुसार उनको एकल अभिनेत्रीको ट्याग त्यहाँका मानिसहरुलाई मन परेको छैन । यहि कारण आफूहरु उनको छेऊमा सहज नभएको भन्दै छिमेकीले नै उनलाई त्यो ठाउँ छोड्न आग्रह गरेको बताईन्छ ।



