पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले अध्यावधिक गरेको विवरण अनुसार शनिबार थप ३०२ जना संक्रमित थपिएका हुन्। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुने संक्रमितको संख्या ४८० छ। स्वास्थ्य मन्त्रालयको विवरण अनुसार हालसम्म नेपालमा २ लाख ६३ हजार ३४८ जना कोरोनामुक्त भइ डिस्चार्ज भइसकेका छन्।
अहिले सक्रिय देशभर संक्रमितको संख्या ३ हजार ६१४ छ । २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुने कुल संख्या १९८६ पुगेको छ।



