पछिल्लो समय सामाजिक सन्जाल लगायत यत्रतत्र लोकप्रिय बनेका बाल प्रतिभा सचिन परियारलाई नचिन्ने दर्शक स्रोता सायदै होलान्। गाउनदेखि हसाउन अनि अभिनय गर्न माहिर सचिनको नयाँ नयाँ गीत पछिल्लो समय रिलिज भइरहेका छन्।यसैबीच, सचिन र लोकप्रिय अनि व्यस्त गायिका रचना रिमालको आवाज नयाँ गीत रिलिज भएको छ। मंगलबार रिलिज ‘सेतो कपास’ बोलको गीतमा नेत्र अर्यालको शब्द रहेको छ भने,महेन्द्र भण्डारीले संगीत दिएका छन्। मेलोडियस गीतमा रचनासँगै सचिनको गायिकी मीठो सुनिएको छ।
यो गीतमा निर्माता पत्रकार सबिन छेत्री हुन्। सचिन सामाजिक संजालमा भाइरल भएपछि सबिनकै पहलमा सचिनको पहिलो गीत ‘ओठ टोकेर’ बजारमा ल्याइएको थियो। जुन गीत छोटो समयमै एकदम लोकप्रिय बन्यो। उक्त ओठ खोलेर गीतको अपार सफलतापछि सबिनले यो गीत बजारमा ल्याएको बताएका छन,गीतको अडियोसँगै भिडियो पनि आकर्षक बनेको छ। भिडियोमा सचिन र रचना फिचर्ड छन्। सचिन र रचनाका अलवा सबिन छेत्री, अर्जुन कुँवर ‘पितृ बूढो’ र रिना थापालाई पनि भिडियोमा देख्न सकिन्छ।लेक साइड टिभीको अफिसियल युटुब च्यानलबाट रिलिज भएको उक्त म्युजिक भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेको हुन्। सुरेश श्रेष्ठले आकर्षक फ्रेममा खिचेको भिडियोलाई शिव पौडेलले सम्पादन गरेका हुन्।



