भारतीय हास्य कलाकार कपिल शर्मा र उनकी श्रीमती गिन्नी चतरथ चाँडै नै दोस्रो सन्तानलाई स्वागत गर्ने तयारीमा छन् । यो कुराको खुलासा कपिल शर्मा आफैंले दिएका हुन् । ट्वीटरमा गरिएको प्रश्नोत्तर सेसनमा उनले सो कुरा बताएकाह हुन् । यसबाहेक कपिल आफैंले कपिल शर्मा शो बन्द हुन लागेको पुष्टि गरेका छन् ।

दोस्रो पटक पिता बन्दैछन् कपिल शर्माः

ट्वीटरमा थुप्रै प्रशंसकले #AskKapil का बेला हास्यकलाकारलाई विभिन्न प्रश्न सोधे र कपिलले यसको जवाफ पनि दिए । एक प्रशंसकले सोधे, ‘कपिल शर्मा सर, शो अफ एयर किन हुँदैछ ?’ यसको जवाफमा कपिल शर्माले भने, ‘किनभने म दोस्रो सन्तानको आगमनका बेला आफ्नी श्रीमतीसँग हुनुपर्नेछ ।’

त्यसपछि अर्का एक प्रशंसकले कपिललाई छोरा चाहन्छन् कि छोरी भनेर प्रश्न सोधे । प्रशंसकले सोधे, ‘तपाईं अनायराका लागि के चाहनुहुन्छ, भाइ कि बहिनी ?’ यसमा कपिलले लेखे, ‘छोरा हुन् कि छोरी, तन्दरुस्त भए पुग्छ ।’

केही दिन अघि कपिल शर्माको कमेडी शो बन्द हुन लागेको खबर आएको थियो । यद्यपि, च्यानलको तर्फबाट यसबारे कुनै पुष्टि गरिएको थिएन । कपिल शर्माको शो चाँडै नै बन्द हुने र केही समय पछि यो नयाँ सिजनका साथ आउने जानकारीमा उल्लेख छ । स्मरण रहोस्, कोरोनाका कारण लागू भएको लकडाउनपछि जुलाई २०२० मा द कपिल शर्मा शो केही भिन्नतासहित फिर्ता भएको थियो ।

https://twitter.com/KapilSharmaK9/status/1354742757189795842?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1354742757189795842%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.ratopati.com%2Fstory%2F165568%2F2021%2F1%2F29%2Fkapil-sharma-confirms-2nd-baby-with-wife-ginni-and-why-tkss-is-going-off-air

नेटफ्लिक्समा देखिनेछन् कपिल शर्माः

कपिल शर्मा चाँडै नै नेटफ्लिक्समा देखिनेछन् । उनले एक रोचक भिडियोमार्फत् यो कुराको घोषणा गरेका थिए । उनले भिडियो सेयर गर्दै लेखेका थिए, ‘यो निकै शुभ खबर हो । अफवाहमाथि विश्वास नगर्नुहोस् साथीहरु, मेरो मात्रै विश्वास गर्नुहोस् । म चाँडै नै नेटफ्लिक्समा आउँदैछु ।’

 

https://twitter.com/KapilSharmaK9/status/1354741863027068933?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1354741863027068933%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.ratopati.com%2Fstory%2F165568%2F2021%2F1%2F29%2Fkapil-sharma-confirms-2nd-baby-with-wife-ginni-and-why-tkss-is-going-off-air

कपिल शर्मा शोबारे खासै धेरै जानकारी सार्वजनिक भएका त छैनन् । केही समय अघि कपिलले आफ्नो युट्युब च्यानलमा बहाइन्ड द जोक्स विद कपिल नामको सिरिजको सुरुवात गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah