विश्वमा कारोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या १० करोड २० लाख नाघेको छ। संसारमै सबैभन्दा बढी संक्रमण फैलिएका मुलुकमा पहिलो अमेरिका र दोस्रोमा भारत हुन्।

यसबीच धेरै देशमा कोरोना संक्रमण लगभग नियन्त्रण भइसकेको थियो, तर ती मुलुकमा पनि पछिल्लो समय संक्रमण बढ्न थालेको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार अफ्रिकामा त कोरोनाको दोस्रो लहर चलिहरेको छ।डब्ल्यूएचओका एक शीर्ष अधिकारीले धेरैवटा अफ्रिकी मुलुकमा अहिले कोरोनाको नयाँ स्ट्रेन (प्रकार) फेला परेको छ। जसका कारण अफ्रिका महाद्वीपमा महामारीको दोस्रो लहर लामो समय रहने देखिएको छ।

डब्ल्यूएचओको अफ्रिका महाद्वीपका क्षेत्रीय निर्देशक मातसिदिसो मोइतीले बिहीबार विज्ञप्ति जारी गरी भनेका छन्, ‘कोरोनाको नयाँ स्ट्रेन धेरै नै संक्रामक छ। सुरुमा दक्षिण अफ्रिकामा देखापरेको यो नयाँ प्रजाति विश्वका धेरै देशमा फैलिसकेको छ। यो नयाँ कोरोना धेरैवटा अफ्रिकी मुलुकमा तेज गतिमा फैलिरहेको छ।’विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको यो नयाँ प्रकार ‘५०१ वाई. वी २’ पहिले दक्षिण अफ्रिकामा पाइएको थियो। यो निकै संक्रामक छ। यो नयाँ स्ट्रेन दक्षिण अफ्रिकाका अलावा जाम्बिया, घाना, केन्या र बोत्सवानालगायत देशमा पनि फैलिरहेको छ।
संगठनका अनुसार कोरोनाको यो नयाँ प्रकार ३० भन्दा बढी देशमा फैलिसकेको छ। पछिल्लो समय यो नयाँ प्रकार ८ मुलुकमा पुगेको छ।यस्तै बेलायतमा पाइएको नयाँ कोरोना अहिलेसम्म ७० देशमा फैलिसकेको छ। जसमा भारत र अमेरिकामा पनि पर्छन्।तर फाइजर र बायोएनटेक कम्पनीले आफूहरूले बनाएको खोपले बेलायत र दक्षिण अफ्रिका दुवै देशमा देखिएका कोरोनाका नयाँ प्रकारविरुद्ध पनि काम गर्ने दाबी गरेका छन्। नयाँ कोरोनाविरुद्ध उक्त खोपको प्रभावबारे गरिएको अध्ययनको प्रतिवेदन बायोआरविक्स पत्रिकामा प्रकाशन भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah